Maharjan Ratna
कोरोनाभाइरसको सङ्क्रमणबाट एक विदेशी नागरिकको मृत्यु
Maharjan Ratna
काठमाडौँ / नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँको आज बिहान छ बजेर १५ मिनेटमा मृत्यु भएको हो । पोखरामा बस्दै आएकी उहाँको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो ।





