• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 20, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस


सुभाय् संवाददाताMay 30, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : २२ मिनेट

डा. राजु मानन्धर,सिड्नी, अस्ट्रेलिया / नेपालको गौरव एवं विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो ऐतिहासिक सफल आरोहणको स्मरणमा अष्टेलियाका बिभिन्न स्थानमा विभिन्न संस्थाहरुको आयोजनामा  ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोह २०२६’ भव्यताका साथ मनाइएको छ । ।
फेडरेसन अफ नेपलिज कम्युनिटी अर्गनाइजेसन एशोसिएशन अफ अस्ट्रेलिया (फेन्का) न्यू साउथ वेल्सको आयोजनामा शनिबार सिड्नीस्थित काबारिता पार्कमा  विशेष समारोह गरी मनाइएको छ ।
यस वर्ष जलवायु परिवर्तनको गम्भीर असरलाई मध्यनजर गर्दै “पग्लीरहेको हिउँ, बढ्दो जिम्मेवारी”(Melting Ice, Rising Responsibility)भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, समुदायका नेता, सामाजिक कार्यकर्ता, बुद्धिजीवी, युवा तथा बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका मुख्य गतिविधिहरूमा नेपाली पहिचान र परम्परा झल्कने सांस्कृतिक ¥याली आयोजना तथा हिमाली पर्यावरण, दिगो पर्वतीय पर्यटन र सम्पदा संरक्षणमा प्रवासमा रहेका नेपालीहरूको भूमिकाबारे गहन छलफल भएको थियो ।
कार्यक्रममा Strathfield का State Member तथा New South Wales सरकारका Minister for Multiculturalism का प्रतिनिधिका रूपमा सहभागी जेसन ली ले नेपाली समुदायले अष्ट्रेलियाबाट नेपाललाई विश्वसामु चिनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले अष्ट्र्लियाबाट नेपाललाइ विश्वसामु चिनाउन गरेको कार्यमा आफुहरुको पनि सहयोग रहने प्रतिवद्धा व्यक्त गर्नुभयो । उहाँले नेपालको बहु सँस्कृतिक परम्परा आफुलाइ खुब मन परेको बताउनुभयो ।

नयाँ पुस्तामा सगरमाथा र नेपाली प्रकृतिप्रतिको बुझाइलाई प्रवद्र्धन गर्न बालबालिकाहरूको चित्रकला प्रदर्शनी राखिएको थियो ।                                                                 कार्यक्रममा Strathfield का State Member तथा New South Wales सरकारका Minister for Multiculturalism का प्रतिनिधिका रूपमा सहभागी जेसन ली ले नेपाली समुदायले अष्ट्रेलियाबाट नेपाललाई विश्वसामु चिनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले अष्ट्र्लियाबाट नेपाललाइ विश्वसामु चिनाउन गरेको कार्यमा आफुहरुको पनि सहयोग रहने प्रतिवद्धा व्यक्त गर्नुभयो । उहाँले नेपालको बहु सँस्कृतिक परम्परा आफुलाइ खुब मन परेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले भावी पुस्ताका लागि हिमाली शृङ्खलाहरूको संरक्षण र संवद्र्धन गर्न, दिगो पर्वतीय पर्यटन (Sustainable Mountain Tourism)लाई प्रवद्र्धन गर्न र नेपाललाई सबै मौसमका लागि एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विश्वमाझ चिनाउन सामूहिक प्रतिबद्धता व्यक्त गरे । सगरमाथाको गरिमा सधैं अमर रहोस् र यसको भावनाले हामी सबैलाई सदैव एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना समेत कार्यक्रममा गरिएको थियो ।

सोही ऐतिहासिक अवसरमा सगरमाथा दिवसका विभिन्न गतिविधिमा उत्कृष्ट योगदान र्पुयाउने तथा नेपाली कला, साहित्य र समाजसेवामा सक्रिय व्यक्तित्वहरूलाई विशेष सम्मान गरियो । कार्यक्रममा सगरमाथा दिवसको अवसरमा आयोजित कविता वाचन विधामा  प्रस्तुति तथा योगदानका लागि कवि दयाराम सिम्खडा लगायतका व्यक्तित्वहरूलाई कदर गरियो । उहाँहरूलाई फेन्काका तर्फबाट केन्द्रीय अध्यक्ष डा. मधु पुडासैनी र न्यू साउथ वेल्स  राज्य संयोजक मुक्तिराम पोखरेलद्वारा संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

नेपलिज इन्डिजिनस नेशनालिटिज फोरम अस्ट्रेलिया (NINFA)को सगरमाथा दिवस कार्यक्रम 

सन् १९५३ मे २९ का दिन सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक क्षणको स्मरण गर्दै नेपलिज इन्डिजिनस नेशनालिटिज फोरम अस्ट्रेलिया (NINFA)को आयोजना  र शेर्पा एशोसिएशन अफ न्यू साउथ वेल्स (NSW)को संह आयोजनामा ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोह २०२६’ भव्यताका साथ मनाइएको छ । कार्यक्रमलाई गुथी अष्ट्रेलिया,तमु समाज सिड्नीलगायत विभिन्न नेपाली आदिवासी जनजाति समुदायका संस्थाहरूले सहयोग गरेको थियो ।
अष्ट्रेलियास्थित नेपाली समुदायबीच अन्तर्राष्ट्रिय एभरेस्ट दिवस २०२६ (International Everest Day 2026) मे २९ का दिन उल्लासपूर्ण रूपमा गौरवमय वातावरणमा मनाइएको हो। नेपालका महान् पर्वतारोहण इतिहासको स्मरण गर्दै  अर्नक्लिफस्थित कोरोनेशन हल (23 Barden Street) मा कार्यक्रम भएको थियो।
विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणस्वरूप आयोजित यस कार्यक्रममा अष्ट्रेलियाका पहिलो सगरमाथा आरोही Tim Macartney-Snape विशेष रूपमा सहभागी भएका थिए। कार्यक्रमका प्रमुख अतिथि सांसद MP Ash Ambihaipahar रहेका थिए। त्यस्तै सांसद MP Zhi Soon, Australian Himalayan Foundation का संस्थापक अध्यक्ष साइमन बाल्डरस्टोन तथा नेपालका पूर्व मन्त्री आङ छिरिङ लामा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पर्वतारोहीहरूको साहस र वीरताको कदर गरिएको थियो ।
साथै, पवित्र हिमाल चुचुराहरूको रक्षा गर्ने हिमाली आदिवासी समुदायप्रति विशेष सम्मान प्रकट गरिएको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव आशीष शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑