• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 15, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान


सुभाय् संवाददाता November 14, 2026 मा प्रकाशित (१६ घण्टा अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

रन्जना श्रेष्ठ ,साँखु / खानेपानीको मुहान संरक्षण तथा आयोजना सञ्चालनका लागि शङ्खरापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले डाँडाथोक खानेपानी उपभोक्ता समितिलाई एक रोपनी जग्गा दान बकस गर्ने करार गर्नुभएको छ।

शनिबार शङ्खरापुर नगरपालिका–६, सालिनदी रोड, साँखुमा ठूलो संख्यामा स्थानीय जनसमुदाय तथा सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा जग्गादानसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो। उक्त सहमति पत्रमा जग्गादाता राधाकृष्ण श्रेष्ठ तथा डाँडाथोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष समरबहादुर तामाङले हस्ताक्षर गर्नुभएको हो ।

खानेपानीको स्रोत संरक्षण गर्दै स्थानीय समुदायलाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले श्रेष्ठले आफ्नो नाममा रहेको जग्गा सामुदायिक हितका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।

करारअनुसार साविक नाङ्लेभारे वडा नं. ६/ख, हाल शङ्खरापुर नगरपालिका वडा नं. १ मा रहेको कित्ता नम्बर ३५६ को एक रोपनी जग्गा खानेपानी उपभोक्ता समितिका नाममा हस्तान्तरण गरिनेछ। उक्त जग्गा पोखरी खोला खानेपानीको मुहानसँग सम्बन्धित रहेको जनाइएको छ।

मुलुकी देवानी संहिता, २०७४ को अधीनमा रही गरिएको सम्झौताअनुसार शङ्खरापुर नगरपालिकामा खानेपानी उपभोक्ता समिति विधिवत् दर्ता भएपछि आवश्यक राजस्व तथा दस्तुर बुझाई जग्गा समितिको नाममा हस्तान्तरण गरिनेछ। जग्गा हस्तान्तरणका लागि आवश्यक कागजात तथा प्रक्रिया सम्बन्धित पक्षले पूरा गर्ने व्यवस्था करारमा उल्लेख गरिएको छ।

शंखरापुर नगर पालिका वडा नं १ का वडा सदस्य भुमी दंगाले जो डाडाथोक खानेपानी उपभोक्ता समितिसँग संबन्धित सदस्य हुनुहुन्छ उनले भने , “हाम्रा प्रवक्ता राधाकृष्ण श्रेष्ठजीसँग डाडाथोकको खानेपानी समस्याबारे कुरा राख्दा उहाँले सहयोग गर्ने वाचा गर्नुभयो । सकेसम्म समान्वय गरेर जग्गा दातालाई सहमत गराउने नभए जग्गा किनेरै भए पनि सहयोग गर्ने भनेपछि हामी ढुक्क भयौं ।पछि उहाँले आफैले जग्गा किनेर दान दिने कार्य गर्नुभयो । आज उहाँले यो कार्य गरेर आफ्नो नाम स्वर्ण अक्षरमा लेखाइसक्नुभएको छ ।”

सम्झौताअनुसार खानेपानीको मुहान संरक्षण, गुणस्तरीय खानेपानी सेवा सञ्चालन तथा समुदायको हितविपरीत हुने गरी खानेपानीको दुरुपयोग हुन नदिन उपभोक्ता समितिले आवश्यक नियन्त्रण तथा व्यवस्थापन गर्ने जिम्मेवारीसमेत लिनेछ।

राधाकृष्ण श्रेष्ठ लामो समयदेखि सामाजिक सेवा तथा सामुदायिक विकासका गतिविधिमा सक्रिय रहँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ। जनप्रतिनिधि बन्नुअघि स्थानीय टोल सुधार समितिको अध्यक्षका रूपमा विभिन्न सामाजिक सुधारका काममा नेतृत्व गर्नुभएका उहाँले शङ्खरापुर नगरपालिका वडा नं. ६ को वडा अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।

स्थानीय भाषा, संस्कृति, सम्पदा तथा विकास निर्माणका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका श्रेष्ठले जनप्रतिनिधिका रूपमा प्राप्त सेवा–सुविधा, भत्ता तथा पारिश्रमिकसमेत व्यक्तिगत रूपमा नलिई सामाजिक तथा मानवीय सेवाका कार्यमा सहयोग गर्दै आएको जनाइएको छ।

जग्गादानसम्बन्धी करारमा जग्गादाता राधाकृष्ण श्रेष्ठ तथा डाँडाथोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष समरबहादुर तामाङद्वारा हस्ताक्षर ।

खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भएकाले यसको मुहान संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि निजी सम्पत्ति सामुदायिक हितमा उपयोग गर्ने श्रेष्ठको यो पहललाई स्थानीय विकास तथा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ।

उक्त जग्गा हस्तान्तरण प्रक्रिया सम्पन्न भएपछि डाँडाथोक खानेपानी उपभोक्ता समितिलाई खानेपानी आयोजनाको सञ्चालन, व्यवस्थापन तथा मुहान संरक्षणमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन
  • उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात
  • सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,
  • नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात

    सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सिड्नीमा ११७औँ महाकवि देवकोटा जयन्ती तथा साहित्यिक उत्सव हुँदै

    नेपाल फेस्टिभल सिड्नीमा प्रकाश सपुत र रचना रिमालको विशेष प्रस्तुति

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् पोस्ट बिशेष

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    उत्पादन घटे पनि लक्ष्मीपूजामा ५८७ मेगावाट बिजुली निर्यात

    सिड्नीमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको विशेष उपस्थितिमा भव्य रूपमा सम्पन्न नेपाल फेस्टिभल,

    नेपाल संवत् ११४७ को अवसरमा मोतीलक्ष्मी शाक्यको ‘शाक्य ल्हासा नेवाः’ पुस्तक सार्वजनिक

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑