अस्ट्रेलिया। नइ एकेडेमी अस्ट्रेलियाले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सञ्चार, मानवीय सेवा, सामुदायिक विकास तथा खेलकुदलगायतका क्षेत्रमा योगदान पुर्याउने सुभाय पोस्ट डटकमका अतिथि सम्पादक राजु मानन्धरसहित १४ जनालाई विभिन्न विधामा ‘नइ पुरस्कार २०२६’ प्रदान गरेको छ।
एक विशेष समारोहबीच प्रदान गरिएको पुरस्कारमा साहित्य, सङ्गीत, सञ्चार, मानवसेवा तथा खेलकुदलगायतका क्षेत्रका व्यक्तित्व र संस्थाहरू सम्मानित भएका छन्।
पुरस्कारअन्तर्गत नइ एक्सिलेन्स अवार्डबाट डा. कृष्ण हमाल, भरत नेपाल र सञ्जीवकुमार शर्मा सम्मानित भएका छन्। त्यसैगरी नइ पारिजात तथा प्राइड अवार्ड साहित्यतर्फ डा. राजु मानन्धर, प्रकाश पन्थी, प्रकाश पौडेल र उषाकिरण बरिया पोखरेललाई प्रदान गरिएको छ।
विशेष सम्मानअन्तर्गत सञ्चार तथा मिडिया क्षेत्रबाट डा. भरत पौडेल र मानवसेवातर्फ आचार्य राजन शर्मा सम्मानित भएका छन्।
संस्थागततर्फ मानव सेवा आश्रम अस्ट्रेलियालाई एक हजार अस्ट्रेलियन डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ प्रदान गरिएको छ। त्यस्तै नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क (NAWA) लाई पनि संस्थागत सम्मान प्रदान गरिएको छ।
सङ्गीत, समुदाय तथा खेलकुद क्षेत्रबाट निशा केसी, उदाउँदा सङ्गीतकर्मी ‘तिखतारी’, सामुदायिक विकासतर्फ राजकुमार भण्डारी तथा यू–१८ क्रिकेटतर्फ अदीष अर्याल पुरस्कृत भएका छन्।
नइ एकेडेमी अस्ट्रेलियाकी संस्थापक तथा अध्यक्ष सीमा रोशीका अनुसार सन् २०२६ एकेडेमीका लागि विशेष उपलब्धि र गौरवको वर्ष बनेको छ। समाजमा सकारात्मक परिवर्तनका लागि योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो।
नेपाली भाषा, साहित्य, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्दै अस्ट्रेलियामा नेपाली समुदायको पहिचान, सिर्जना र सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको हो।
‘नइ पुरस्कार २०२६’ बाट सम्मानित सम्पूर्ण व्यक्तित्व तथा संस्थाहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।





सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५