• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 03, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम


फिचर फोटो: सुजन बज्राचार्य
सुभाय् संवाददाताJune 3, 2026 मा प्रकाशित (२ घण्टा अघि) अनुमानित पढ्ने समय : २४ मिनेट
२० जेठ टक्सार (भोजपुर)/ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ अवसरको खोजीमा गाउँ छाडेका सुजन उदास ठ्याक्कै बाह्र वर्षपछि आफ्नै जन्मथलो भोजपुरको ऐतिहासिक टक्सार बजार फर्किएर व्यवसायमा लाग्नुभएको छ । एक दशक लामो काठमाडौँको बसाइलाई बिट मार्दै गाउँ फर्किनुभएका उदासले भोजपुर नगरपालिका–१२ मा ‘टक्सार नेवाः घासा’ सञ्चालनमा ल्याएका छन् । पछिल्ला दिनमा उनको यो व्यवसाय स्थानीय तथा नेवार परिकारको स्वाद लिने प्रमुख थलो बनेको छ । सुरुवाती दिनमा गाउँमा सम्भावना नदेखेर बाहिरिएको स्मरण गर्दै उदासले भने , “पछिल्ला वर्षमा पर्यटकको चहलपहल बढ्न थालेको देखेर आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास जाग्यो र फर्किएँ । यसरी फर्किएकामा मलाई कुनै पछुतो छैन ।”
विगतमा नेपालमा ‘डोली पैसा’ उत्पादन हुने केन्द्रका रूपमा प्रसिद्ध ऐतिहासिक टक्सार बजार पछिल्ला दशकमा तीव्र जनशक्ति पलायन र बसाइँसराइको मारमा परेको थियो । कलात्मक नेवार घरहरू जीर्ण बन्दै गएका थिए भने बजारको चहलपहल समेत शून्यप्रायः बनेको थालेको थियो । तर, उदास जस्ता युवाहरूको पुनरागमनले सुनसान बनेको टक्सार बजारलाई फेरि चलायमान बनाउन थालेको छ । उनको यो कदम गाउँ छाडेर सहर पसेकाहरूका लागि एउटा बलियो सन्देश र प्रेरणा बनेको छ ।
स्थानीयवासी विमल रणपहेलीका अनुसार उदास मात्र होइन, विगतमा बाहिरिएका अन्य केही स्थानीयहरू पनि अहिले गाउँ फर्किएर व्यवसायमा लगानी गर्न थालेका छन् । “पहिले बजार खाली हुँदै गएको थियो, अहिले केही व्यक्तिहरू फर्किएर व्यवसाय गर्न थाल्दा उत्साह थपिएको छ,” रणपहेलीले भने, “अब सरकारले उचित वातावरण बनाएर गाउँ फर्किने बलियो आधार तय गरिदिनु आवश्यक छ ।”
पर्यटकीय सम्भावना र ‘मिनी पाटन’ को इतिहास : टक्सारको ऐतिहासिक सम्पदा, समृद्ध नेवार संस्कृति, मौलिक परिकार र पुराना बस्तीले अचेल आन्तरिक पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् । विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित यो सहरलाई ‘मिनी पाटन’ का रूपमा समेत चिनिन्छ।ललितपुरको पाटनमा रहेका जस्तै धार्मिक र सांस्कृतिक स्थलहरू यहाँ पनि भएकाले यसलाई मिनी पाटन भनिएको जानकारहरू बताउँछन् ।
पाटनबाट टक्सार बसाइँ सरेर आएका नेवार समुदायले यहाँ आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति भित्र्याएका थिए । यहाँ विसं १९९३ मा स्थापित नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहार समेत रहेको छ । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ भव्य मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र कलात्मक मूर्तिहरू बनाइएका थिए ।
पछिल्लो समय यस ऐतिहासिक स्थानमा नयाँ होटल, रेस्टुरेन्ट, क्याफे तथा सांस्कृतिक गतिविधिहरू बिस्तारै फैलिन थालेका छन् । स्थानीय किशोरकुमार ताम्रकारका अनुसार यी ऐतिहासिक सम्पदाको उचित संरक्षण गर्दै पर्यटन र स्थानीय व्यवसायलाई एकापसमा जोड्न सके टक्सार पूर्वी नेपालकै एक आकर्षक र प्रमुख पर्यटन गन्तव्यका रूपमा पुनः स्थापित हुन सक्छ ।
आफ्नो ठाउँमा काम गर्नुको आनन्द अर्कै हुने बताउँदै सुजन उदासले थप्दैभने , “टक्सारको पहिचान जोगाउँदै आफ्नै ठाउँमा केही गर्न सकेँ भने त्यो मेरो सबैभन्दा ठूलो सफलता हुनेछ, त्यसैका लागि मिहिनेत गरिरहेको छु ।”
 
(रासस)
सम्बन्धित पोस्ट
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑