• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 06, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम


फिचर फोटो: सुजन बज्राचार्य
सुभाय् संवाददाता June 3, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : २४ मिनेट
२० जेठ टक्सार (भोजपुर)/ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ अवसरको खोजीमा गाउँ छाडेका सुजन उदास ठ्याक्कै बाह्र वर्षपछि आफ्नै जन्मथलो भोजपुरको ऐतिहासिक टक्सार बजार फर्किएर व्यवसायमा लाग्नुभएको छ । एक दशक लामो काठमाडौँको बसाइलाई बिट मार्दै गाउँ फर्किनुभएका उदासले भोजपुर नगरपालिका–१२ मा ‘टक्सार नेवाः घासा’ सञ्चालनमा ल्याएका छन् । पछिल्ला दिनमा उनको यो व्यवसाय स्थानीय तथा नेवार परिकारको स्वाद लिने प्रमुख थलो बनेको छ । सुरुवाती दिनमा गाउँमा सम्भावना नदेखेर बाहिरिएको स्मरण गर्दै उदासले भने , “पछिल्ला वर्षमा पर्यटकको चहलपहल बढ्न थालेको देखेर आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास जाग्यो र फर्किएँ । यसरी फर्किएकामा मलाई कुनै पछुतो छैन ।”
विगतमा नेपालमा ‘डोली पैसा’ उत्पादन हुने केन्द्रका रूपमा प्रसिद्ध ऐतिहासिक टक्सार बजार पछिल्ला दशकमा तीव्र जनशक्ति पलायन र बसाइँसराइको मारमा परेको थियो । कलात्मक नेवार घरहरू जीर्ण बन्दै गएका थिए भने बजारको चहलपहल समेत शून्यप्रायः बनेको थालेको थियो । तर, उदास जस्ता युवाहरूको पुनरागमनले सुनसान बनेको टक्सार बजारलाई फेरि चलायमान बनाउन थालेको छ । उनको यो कदम गाउँ छाडेर सहर पसेकाहरूका लागि एउटा बलियो सन्देश र प्रेरणा बनेको छ ।
स्थानीयवासी विमल रणपहेलीका अनुसार उदास मात्र होइन, विगतमा बाहिरिएका अन्य केही स्थानीयहरू पनि अहिले गाउँ फर्किएर व्यवसायमा लगानी गर्न थालेका छन् । “पहिले बजार खाली हुँदै गएको थियो, अहिले केही व्यक्तिहरू फर्किएर व्यवसाय गर्न थाल्दा उत्साह थपिएको छ,” रणपहेलीले भने, “अब सरकारले उचित वातावरण बनाएर गाउँ फर्किने बलियो आधार तय गरिदिनु आवश्यक छ ।”
पर्यटकीय सम्भावना र ‘मिनी पाटन’ को इतिहास : टक्सारको ऐतिहासिक सम्पदा, समृद्ध नेवार संस्कृति, मौलिक परिकार र पुराना बस्तीले अचेल आन्तरिक पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् । विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित यो सहरलाई ‘मिनी पाटन’ का रूपमा समेत चिनिन्छ।ललितपुरको पाटनमा रहेका जस्तै धार्मिक र सांस्कृतिक स्थलहरू यहाँ पनि भएकाले यसलाई मिनी पाटन भनिएको जानकारहरू बताउँछन् ।
पाटनबाट टक्सार बसाइँ सरेर आएका नेवार समुदायले यहाँ आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति भित्र्याएका थिए । यहाँ विसं १९९३ मा स्थापित नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहार समेत रहेको छ । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ भव्य मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र कलात्मक मूर्तिहरू बनाइएका थिए ।
पछिल्लो समय यस ऐतिहासिक स्थानमा नयाँ होटल, रेस्टुरेन्ट, क्याफे तथा सांस्कृतिक गतिविधिहरू बिस्तारै फैलिन थालेका छन् । स्थानीय किशोरकुमार ताम्रकारका अनुसार यी ऐतिहासिक सम्पदाको उचित संरक्षण गर्दै पर्यटन र स्थानीय व्यवसायलाई एकापसमा जोड्न सके टक्सार पूर्वी नेपालकै एक आकर्षक र प्रमुख पर्यटन गन्तव्यका रूपमा पुनः स्थापित हुन सक्छ ।
आफ्नो ठाउँमा काम गर्नुको आनन्द अर्कै हुने बताउँदै सुजन उदासले थप्दैभने , “टक्सारको पहिचान जोगाउँदै आफ्नै ठाउँमा केही गर्न सकेँ भने त्यो मेरो सबैभन्दा ठूलो सफलता हुनेछ, त्यसैका लागि मिहिनेत गरिरहेको छु ।”
 
(रासस)
सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑