• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य


सुभाय् संवाददाता October 2, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

शंखरापुर, असोज १६/शंखरापुर नगरपालिकामा स्थानीय नागरिकलाई सीपमूलक तालिम प्रदान गरी रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले शंखरापुर नगरपालिका वडा नं. ६, बारास टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा.लि. र साहारा फाउन्डेसनबीच त्रिपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शुक्रबार (२०८३ असोज १६ गते) वडा कार्यालयमा आयोजित कार्यक्रममा तीनवटै संस्थाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार पाँच महिनाभित्र शंखरापुर नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका ५०० जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरी तालिमपछि रोजगारी तथा स्वरोजगारमा जोड्ने लक्ष्य राखिएको छ।

परियोजनाअन्तर्गत शंखरापुर नगरपालिका वडा नं. ६ ले १२० जना प्रशिक्षार्थीका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बाँकी ३८० जना प्रशिक्षार्थीका लागि आवश्यक बजेट बारास टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा.लि.ले व्यवस्थापन गर्ने सम्झौता भएको छ। त्यस्तै, साहारा फाउन्डेसनले तालिम सञ्चालन तथा तालिमपश्चात् प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने र रोजगारी सुनिश्चित गर्ने जिम्मेवारी लिएको छ।

सम्झौतापछि शंखरापुर नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका स्थानीय नागरिकले तालिममा सहभागी हुन पाउनेछन्। स्थानीय कच्चापदार्थको उपलब्धता, स्थानीय उत्पादनको सम्भावना र नागरिकको दैनिक उपभोगमा आउने वस्तुलाई प्राथमिकतामा राखेर छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिने जनाइएको छ। कतिपय तालिम पाँच दिनभित्रै सम्पन्न गर्न सकिने गरी सञ्चालन गरिनेछ।

परियोजनामा सरकारी बजेटको तुलनामा निजी क्षेत्रबाट तीन गुणा बढी लगानी हुने जनाइएको छ। सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाबीचको सहकार्यमा सञ्चालन हुने यस परियोजनाले विशेषगरी महिला तथा गृहिणीलाई घरमै बसेर वा पार्टटाइम काम गरी मासिक ८ देखि १० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने बनाउने लक्ष्य राखेको छ।

वडा कार्यालयका अनुसार यो कार्यक्रमलाई तालिममा मात्र सीमित नराखी वास्तविक रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने वडा स्तरको नमुना परियोजनाका रूपमा अघि बढाउन लागिएको हो। कम सरकारी बजेटमा निजी क्षेत्रको लगानी र सामाजिक संस्थाको सहकार्यबाट धेरै नागरिकलाई सीप, आयआर्जन र रोजगारीसँग जोड्ने उद्देश्य रहेको छ।

परियोजनाअन्तर्गत स्थानीय स्रोतसाधन र बजारको मागलाई ध्यानमा राखेर विभिन्न १३ प्रकारका तालिम सञ्चालन गरिनेछन्। जसमा विभिन्न प्रकारका माला, अचार, डोको, नाङ्लो, थुन्चे र मुडालगायतका परम्परागत तथा उपयोगी सामग्री निर्माण, बुके तथा फेल्ट बनाउने, कपडाका झोला सिलाउने, हेयर एक्सेसरिज, हेयर कटिङ तथा आधारभूत सौन्दर्यसम्बन्धी तालिम समावेश छन्।

त्यसैगरी, दैनिक उपयोगका झोला, साबुन, हार्पिक तथा फिनेल बनाउने, लोकसेवा आयोगको तयारी कक्षा, उद्घोषण कला, निर्णय लेखन तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमसमेत सञ्चालन गरिनेछ।

यस परियोजनाले स्थानीय स्तरमै सीप विकास, घरेलु उद्योगको प्रवर्द्धन, स्थानीय उत्पादनको उपयोग तथा बजार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विशेषगरी महिलाहरू, बेरोजगार युवा तथा आयआर्जनका अवसर खोजिरहेका स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालन हुने कार्यक्रमले स्वरोजगारका नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ।

वडा कार्यालयले यस कार्यक्रमलाई आफ्नो दोस्रो कार्यकालको रोजगारी सिर्जनासम्बन्धी महत्वपूर्ण योजनाका रूपमा लिएको जनाएको छ। निजी क्षेत्रको लगानी र सामाजिक संस्थाको सहकार्यबाट तालिमपछि रोजगारीमा जोड्ने अभ्यास सफल भएमा अन्य वडाका लागि समेत अनुकरणीय नमुना बन्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑