• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 02, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य


सुभाय् संवाददाता October 2, 2026 मा प्रकाशित (४१ मिनेट अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

शंखरापुर, असोज १६/शंखरापुर नगरपालिकामा स्थानीय नागरिकलाई सीपमूलक तालिम प्रदान गरी रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले शंखरापुर नगरपालिका वडा नं. ६, बारास टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा.लि. र साहारा फाउन्डेसनबीच त्रिपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शुक्रबार (२०८३ असोज १६ गते) वडा कार्यालयमा आयोजित कार्यक्रममा तीनवटै संस्थाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार पाँच महिनाभित्र शंखरापुर नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका ५०० जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरी तालिमपछि रोजगारी तथा स्वरोजगारमा जोड्ने लक्ष्य राखिएको छ।

परियोजनाअन्तर्गत शंखरापुर नगरपालिका वडा नं. ६ ले १२० जना प्रशिक्षार्थीका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बाँकी ३८० जना प्रशिक्षार्थीका लागि आवश्यक बजेट बारास टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा.लि.ले व्यवस्थापन गर्ने सम्झौता भएको छ। त्यस्तै, साहारा फाउन्डेसनले तालिम सञ्चालन तथा तालिमपश्चात् प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने र रोजगारी सुनिश्चित गर्ने जिम्मेवारी लिएको छ।

सम्झौतापछि शंखरापुर नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका स्थानीय नागरिकले तालिममा सहभागी हुन पाउनेछन्। स्थानीय कच्चापदार्थको उपलब्धता, स्थानीय उत्पादनको सम्भावना र नागरिकको दैनिक उपभोगमा आउने वस्तुलाई प्राथमिकतामा राखेर छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिने जनाइएको छ। कतिपय तालिम पाँच दिनभित्रै सम्पन्न गर्न सकिने गरी सञ्चालन गरिनेछ।

परियोजनामा सरकारी बजेटको तुलनामा निजी क्षेत्रबाट तीन गुणा बढी लगानी हुने जनाइएको छ। सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाबीचको सहकार्यमा सञ्चालन हुने यस परियोजनाले विशेषगरी महिला तथा गृहिणीलाई घरमै बसेर वा पार्टटाइम काम गरी मासिक ८ देखि १० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने बनाउने लक्ष्य राखेको छ।

वडा कार्यालयका अनुसार यो कार्यक्रमलाई तालिममा मात्र सीमित नराखी वास्तविक रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने वडा स्तरको नमुना परियोजनाका रूपमा अघि बढाउन लागिएको हो। कम सरकारी बजेटमा निजी क्षेत्रको लगानी र सामाजिक संस्थाको सहकार्यबाट धेरै नागरिकलाई सीप, आयआर्जन र रोजगारीसँग जोड्ने उद्देश्य रहेको छ।

परियोजनाअन्तर्गत स्थानीय स्रोतसाधन र बजारको मागलाई ध्यानमा राखेर विभिन्न १३ प्रकारका तालिम सञ्चालन गरिनेछन्। जसमा विभिन्न प्रकारका माला, अचार, डोको, नाङ्लो, थुन्चे र मुडालगायतका परम्परागत तथा उपयोगी सामग्री निर्माण, बुके तथा फेल्ट बनाउने, कपडाका झोला सिलाउने, हेयर एक्सेसरिज, हेयर कटिङ तथा आधारभूत सौन्दर्यसम्बन्धी तालिम समावेश छन्।

त्यसैगरी, दैनिक उपयोगका झोला, साबुन, हार्पिक तथा फिनेल बनाउने, लोकसेवा आयोगको तयारी कक्षा, उद्घोषण कला, निर्णय लेखन तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमसमेत सञ्चालन गरिनेछ।

यस परियोजनाले स्थानीय स्तरमै सीप विकास, घरेलु उद्योगको प्रवर्द्धन, स्थानीय उत्पादनको उपयोग तथा बजार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विशेषगरी महिलाहरू, बेरोजगार युवा तथा आयआर्जनका अवसर खोजिरहेका स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालन हुने कार्यक्रमले स्वरोजगारका नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ।

वडा कार्यालयले यस कार्यक्रमलाई आफ्नो दोस्रो कार्यकालको रोजगारी सिर्जनासम्बन्धी महत्वपूर्ण योजनाका रूपमा लिएको जनाएको छ। निजी क्षेत्रको लगानी र सामाजिक संस्थाको सहकार्यबाट तालिमपछि रोजगारीमा जोड्ने अभ्यास सफल भएमा अन्य वडाका लागि समेत अनुकरणीय नमुना बन्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन
  • जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान
  • सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने
  • वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् पोस्ट बिशेष

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑