• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै


सुभाय् संवाददाता October 5, 2026 मा प्रकाशित (३0 मिनेट अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन ‘Walk for Peace’ को टोली नेपाल आउने भएको छ। अक्टोबर ७ देखि १४, २०२६ सम्म नेपालमा रहने टोलीले बाढीपीडित परिवारलाई प्रत्यक्ष भेटेर आर्थिक सहायता, न्यानो कपडा तथा अत्यावश्यक राहत सामग्री वितरण गर्ने जनाएको छ।

Walk for Peace का नेतृत्वकर्ता तथा Hương Từ Loving Kindness Foundation का संस्थापक श्रद्धेय भिक्षु पन्यााकर तुए न्हान (Bhikkhu Paññākāra Tuệ Nhân) को नेतृत्वमा राहत प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो।

बाढीपछि ठूलो जनधनको क्षति व्यहोरेका परिवार अहिले घर पुनर्निर्माणसँगै खाना, सुरक्षित आश्रय र आफ्ना परिवारजनको सुरक्षाजस्ता आधारभूत आवश्यकतासँग जुधिरहेको अवस्थामा उनीहरूलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले अभियान अघि बढाइएको आयोजकले जनाएको छ।

टोलीले ‘शान्तिका लागि पदयात्रा’ केवल आफ्नो यात्रामात्र नभई अरूको पीडा कम गर्न गरिने प्रत्येक मानवीय कार्यसँग जोडिएको यात्रा हो भन्ने भावनासहित राहत अभियान सञ्चालन गर्ने जनाएको छ।

सन् २०१५ मा स्थापना भएको Hương Từ Loving Kindness Foundation ले नेपालका बाढीपीडितका लागि हालसम्म एक लाख अमेरिकी डलरभन्दा बढी रकम संकलन गरिसकेको जनाएको छ। थप राहत विस्तार गर्न १ लाख ५० हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ। राहतका लागि सहयोग संकलन अक्टोबर ६, २०२६ सम्म स्वीकार गरिनेछ।

संकलित राहत रकमबाट प्रभावित परिवारलाई आर्थिक सहयोग, जाडोका कपडा तथा आपत्कालीन सामग्री प्रत्यक्ष रूपमा वितरण गरिनेछ। आयोजकका अनुसार राहतका लागि प्राप्त रकमको १०० प्रतिशत प्रभावित परिवारको सहयोगमा प्रयोग गरिनेछ। प्रतिनिधिमण्डलको हवाई यात्रा, स्थानीय यातायात, खाना तथा आवासलगायतका सम्पूर्ण यात्रा खर्च भने सदस्यहरूले छुट्टै व्यहोर्ने जनाइएको छ।

यस अभियानले बाढीपीडित परिवारलाई तत्काल राहतसँगै मानवीय करुणा, सहकार्य र विश्व शान्तिको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑