• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 28, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)


सुभाय् संवाददाता September 28, 2026 मा प्रकाशित (११ घण्टा अघि) अनुमानित पढ्ने समय : ५७ मिनेट

संजय शाक्य ,कोलोराडो, अमेरिका । नेपाल मण्डलका नेवा: समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको येँया: ( इन्द्रजात्रा) अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइएको छ।

कोलोराडो नेवा: खलःको आयोजनामा आइतबार वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ को प्राङ्गणमा पाँचौँ पटकको  येँया: ( इन्द्रजात्रा) सम्पन्न भएको हो।

बोल्डर सिटीका मेयर आरोन ब्रोकटको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुमारी जात्रा, लाखे नाच, पुलुकिसि, धिमे नाच, सांस्कृतिक झाँकी, नेवा: संगीत तथा मण्डला ब्याण्डको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहेका थिए।

कार्यक्रमको सुरुवातमा जीवित देवी कुमारी, गणेश र भैरवको विधिपूर्वक पूजा गरी रथमा विराजमान गराएर धिमेबाजाको तालमा लाखे र पुलुकिसिसहित जात्रा परिक्रमा गराइएको थियो।

कार्यक्रममा कोलोराडो नेवा: खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले स्वागत मन्तव्य दिँदै इन्द्रजात्रा (येँया: पुन्हि) को महत्त्वबारे प्रकाश पारेका थिए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने समुदायका सदस्य, संघसंस्था, दाता, स्वयंसेवक तथा कलाकारहरूलाई धन्यवाद व्यक्त गरे।

प्रमुख अतिथि मेयर आरोन ब्रोकटले येँया: ( इन्द्रजात्रा) मा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै बोल्डर र काठमाडौं सिस्टर सिटी रहेको उल्लेख गरे। उनले दुई वर्षअघि नेपाल भ्रमण गर्दाको अनुभवसमेत सुनाएका थिए।

प्रस्तुतकर्ता अतिशा र संझनाले सञ्चालन गरेको कार्यक्रममा धिमे नाच, लाखे नाच, नेवा: संस्कृति झल्काउने नृत्य तथा मण्डला ब्याण्डको सांगीतिक प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा उपस्थित सबैलाई प्रसादस्वरूप समयबजी वितरण गरिएको थियो।

नेवार परम्परागत पोसाकमा सजिएका सहभागीहरूको उपस्थितिले नेपाली घरको प्राङ्गण काठमाडौंको वसन्तपुरमा येँया: ( इन्द्रजात्रा) अवलोकन गरिरहेको अनुभूति दिलाएको थियो। कार्यक्रममा नेपाली तथा अमेरिकी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। नेपाली घर, ब्लड डोनर्स अफ अमेरिका लगायतका संघसंस्था तथा बैंक, बीमा कम्पनी र विभिन्न व्यवसायका १५ वटाभन्दा बढी स्टल राखिएका थिए। निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।

येँया: ( इन्द्रजात्रा) काठमाडौं उपत्यकाको प्राचीन तथा महत्त्वपूर्ण पर्वमध्ये एक हो। इतिहासकारहरूका अनुसार यसको सुरुवात काठमाडौंका संस्थापक राजा गुणकामदेवको शासनकाल, करिब दशौँ शताब्दीतिर भएको मानिन्छ। धेरै किंवदन्तीमध्ये एक प्रचलित किंवदन्तीअनुसार, भगवान् इन्द्र आफ्नी आमाका लागि पारिजात फूल लिन पृथ्वीमा आएका बेला काठमाडौंका बासिन्दाले उनलाई चोर ठानी बाँधेका थिए। पछि उनको वास्तविकता थाहा पाएपछि सम्मानपूर्वक मुक्त गरिएको र सोही घटनाको स्मरणमा येँया: ( इन्द्रजात्रा) मनाउने परम्परा सुरु भएको जनविश्वास छ।

कोलोराडो नेवा: खलःले अमेरिकामा जन्मिएका तथा हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले प्रत्येक वर्ष इन्द्रजात्रा (येँया: पुन्हि) आयोजना गर्दै आएको छ। अमेरिकामा नेवा: संस्कृति संरक्षण, पुस्तान्तरण र नेपाली तथा अमेरिकी समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित यस पर्वले प्रवासमा नेपालको मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सम्बन्धित पोस्ट
  • वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग
  • सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    सुभाय् पोस्ट बिशेष

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑