• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)


सुभाय् संवाददाता September 28, 2026 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : ५७ मिनेट

संजय शाक्य ,कोलोराडो, अमेरिका । नेपाल मण्डलका नेवा: समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको येँया: ( इन्द्रजात्रा) अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइएको छ।

कोलोराडो नेवा: खलःको आयोजनामा आइतबार वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ को प्राङ्गणमा पाँचौँ पटकको  येँया: ( इन्द्रजात्रा) सम्पन्न भएको हो।

बोल्डर सिटीका मेयर आरोन ब्रोकटको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुमारी जात्रा, लाखे नाच, पुलुकिसि, धिमे नाच, सांस्कृतिक झाँकी, नेवा: संगीत तथा मण्डला ब्याण्डको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहेका थिए।

कार्यक्रमको सुरुवातमा जीवित देवी कुमारी, गणेश र भैरवको विधिपूर्वक पूजा गरी रथमा विराजमान गराएर धिमेबाजाको तालमा लाखे र पुलुकिसिसहित जात्रा परिक्रमा गराइएको थियो।

कार्यक्रममा कोलोराडो नेवा: खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले स्वागत मन्तव्य दिँदै इन्द्रजात्रा (येँया: पुन्हि) को महत्त्वबारे प्रकाश पारेका थिए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने समुदायका सदस्य, संघसंस्था, दाता, स्वयंसेवक तथा कलाकारहरूलाई धन्यवाद व्यक्त गरे।

प्रमुख अतिथि मेयर आरोन ब्रोकटले येँया: ( इन्द्रजात्रा) मा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै बोल्डर र काठमाडौं सिस्टर सिटी रहेको उल्लेख गरे। उनले दुई वर्षअघि नेपाल भ्रमण गर्दाको अनुभवसमेत सुनाएका थिए।

प्रस्तुतकर्ता अतिशा र संझनाले सञ्चालन गरेको कार्यक्रममा धिमे नाच, लाखे नाच, नेवा: संस्कृति झल्काउने नृत्य तथा मण्डला ब्याण्डको सांगीतिक प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा उपस्थित सबैलाई प्रसादस्वरूप समयबजी वितरण गरिएको थियो।

नेवार परम्परागत पोसाकमा सजिएका सहभागीहरूको उपस्थितिले नेपाली घरको प्राङ्गण काठमाडौंको वसन्तपुरमा येँया: ( इन्द्रजात्रा) अवलोकन गरिरहेको अनुभूति दिलाएको थियो। कार्यक्रममा नेपाली तथा अमेरिकी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। नेपाली घर, ब्लड डोनर्स अफ अमेरिका लगायतका संघसंस्था तथा बैंक, बीमा कम्पनी र विभिन्न व्यवसायका १५ वटाभन्दा बढी स्टल राखिएका थिए। निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।

येँया: ( इन्द्रजात्रा) काठमाडौं उपत्यकाको प्राचीन तथा महत्त्वपूर्ण पर्वमध्ये एक हो। इतिहासकारहरूका अनुसार यसको सुरुवात काठमाडौंका संस्थापक राजा गुणकामदेवको शासनकाल, करिब दशौँ शताब्दीतिर भएको मानिन्छ। धेरै किंवदन्तीमध्ये एक प्रचलित किंवदन्तीअनुसार, भगवान् इन्द्र आफ्नी आमाका लागि पारिजात फूल लिन पृथ्वीमा आएका बेला काठमाडौंका बासिन्दाले उनलाई चोर ठानी बाँधेका थिए। पछि उनको वास्तविकता थाहा पाएपछि सम्मानपूर्वक मुक्त गरिएको र सोही घटनाको स्मरणमा येँया: ( इन्द्रजात्रा) मनाउने परम्परा सुरु भएको जनविश्वास छ।

कोलोराडो नेवा: खलःले अमेरिकामा जन्मिएका तथा हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले प्रत्येक वर्ष इन्द्रजात्रा (येँया: पुन्हि) आयोजना गर्दै आएको छ। अमेरिकामा नेवा: संस्कृति संरक्षण, पुस्तान्तरण र नेपाली तथा अमेरिकी समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित यस पर्वले प्रवासमा नेपालको मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑