धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा पुनःनिर्माणलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइयो
असोज १७, काठमाडौं । ऐतिहासिक तथा धार्मिक–सांस्कृतिक महत्त्व बोकेको कोटेश्वर महादेवस्थानस्थित कुटी विहारको पुनःनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ।
समुद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रमुख अतिथिका रूपमा पुनःनिर्मित भवनको उद्घाटन गर्नुभयो।
बौद्ध धर्म, संस्कृति तथा परम्परासँग जोडिएको कुटी विहारको पुनःनिर्माणलाई स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणका दृष्टिले महत्त्वपूर्ण पहलका रूपमा लिइएको छ। पुनःनिर्मित भवनले विहारका धार्मिक गतिविधि सञ्चालनसँगै बौद्ध संस्कृति र परम्पराको संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा विभिन्न भन्ते–गुरुमा, विशिष्ट अतिथि तथा अतिथिहरू, काठमाडौँ महानगरपालिकाका वडा सदस्य, विशेष सहयोगी हिरादेवी पोखरेल, पर्यटन तथा सम्पदा प्रमुख कुमारी राईलगायतको उपस्थिति थियो। कार्यक्रममा श्रद्धालु उपासक–उपासिका, शुभेच्छुक तथा स्थानीयको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा कुटी विहारको पुनःनिर्माणका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिएको थियो। सहभागीहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई समुदायको सामूहिक प्रयासबाट सम्भव हुने धारणा राखेका थिए।

g

कुटी विहारको पुनःनिर्माणसँगै यसको संरक्षण, व्यवस्थापन तथा आगामी पुस्तासम्म धार्मिक–सांस्कृतिक महत्व हस्तान्तरण गर्न निरन्तर पहल आवश्यक रहेकोमा समेत जोड दिइएको छ।
सहयोग, सद्भाव र मैत्रीभावमार्फत कुटी विहारको संरक्षण र विकासलाई निरन्तरता दिने प्रतिबद्धतासहित समारोह सम्पन्न भएको आयोजकले जनाएको छ




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५