• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काठमाडौं तपिन्तास्थित पुष्पलाल स्मृति पार्क उद्घाटन


सुभाय् संवाददाताJuly 22, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २२ मिनेट

– महर्जन रत्न
काठमाडौं / काठमाडौं महानगर पालिका वडा नं १८ तपिन्तास्थित विष्णुमती किनारमा निर्माण गरिएको पुष्पलाल स्मृति पार्कको एक समारोहका बीच उद्घाटन गरियो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव  पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको अवसरमा बुधबार , प्रमुख आतिथि पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्कको मूल ढोकामा रिबन काटेर पार्कको औपचारिक उद्घाटन गरे । त्यसैगरी उनले पार्क निर्माणको शिलालेेेख पनि अनावरण गरे । साथै विशेष अतिथि काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यद्वारा पार्कभित्र रहेको मायादेवी र सिद्धार्थको मूर्ति अनावरण गरिएको थियो । स्थानीय नेवा: सांगीतिक समूहको मंगल धुनका बीच पार्कको उद्घाटन संगीतमय बनेको थियो ।


मायादेवीको मूर्ति अनावरणपछि आगन्तुक तथा सहभागीहरुले  पार्क निरिक्षण गरे। यसपछि पार्कभित्रै एक औपचारिक कार्यक्रम  गरिएको थियो । का.म.पा. १८ वडाका वडा अध्यक्ष न्हुछेकाजी महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माधव नेपाल , विशेष अतिथिहरु मेयर विद्यासुन्दर शाक्य संघीय सांसद जीवन राम श्रेष्ठ प्रदेश सभा सदस्य बसन्त मानन्धर ,सहभागी भएका थिए । पूर्व सांसदहरू रघुजी पन्त, प्रभा बज्राचार्य , काठमाडौं महानगर पालिकाका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष इश्वरमान डंगोल लगायतका ब्यक्तिहरु अतिथिका रुपमा आएका थिए ।


विष्णुमती किनारमा सुकुम्बासी हटाइ उक्त स्थानमा स्थानीय बासिन्दाले सुरु गरेको देको पार्कमा बिसं २०५१ सालमा तत्कालीन नेकपा एमाले वडा कमिटीको संयोजकत्वमा बृक्षारोपन गरेको सम्झना गर्दै बीचमा एक आयोजनाले देको पार्कको सम्पूर्ण संरचना बिगारिदिएकोमा महानगर पालिका र प्रदेश सरकारको सहयोगमा यसरी आधुनिक पार्क निर्माण सम्पन्न गरि पुष्पलाल स्मृति पार्कको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष लागेको बताउँदै कार्यक्रमका सभापति वडा अध्यक्ष महर्जनले पार्कको निर्माणको सुरुवातदेखि योगदान गरेका व्यक्तिहरुलाई धन्यवाद ज्ञापन पनि गरे ।


कार्यक्रममा प्रमुख अतिथि नेपाल , सांसद जीवनराम श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको योगदान स्मरण गर्दै मन्तव्य राखेका थिए । पार्क निर्माणको निम्ति प्रदेश सभाबाट आर्थिक सहयोग दिलाउन सफल प्रदेश सभा सदस्य बसन्त मानन्धर तथा मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र निर्माण गरिएका विभिन्न भौतिक संरचनासँगै पुष्पलाल पार्क जस्ता खुल्ला पार्क निर्माणको महत्त्व र यसको बजेट व्यवस्थापन बारे आफ्ना अनुभव सुनाएका थिए ।
काठमाडौं महानगर पालिका र बागमती प्रदेशको पर्यटन उद्योग तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा बनेको यस पार्क हुन त खुलेको वर्ष दिनजस्तै भइसकेको छ । यहाँ रहेको मायादेवी र सिद्धार्थको मूर्ति विशेष अर्थपूर्ण रहेको छ । यसलेे बुद्ध जन्मभूूूमि लुम्बिनीको झल्को दिन्छ । यस पार्कमा बास्केटबल कोर्ट , डबली , पाटी पनि छ । साथै शारीरिक अभ्यास गर्नेहरूका निम्ति हिंड्नका लागि एकुप्रेसर पाथ पनि बनाइएको छ ।
सानो चिटिक्क परेको यो पार्क काठमाडौं उपत्यकाको नदी किनारमा बनेको एक नमूना पार्कका रुपमा लिन सकिन्छ ।आधुनिक रूपमा निर्माण पूर्व यस पार्कको क्षेत्र तथा वृक्ष रोपन गर्दै लामो समय सम्म स्थानीय देयको सोसाइटीले संरक्षण गर्दै आएको स्मरणीय छ ।
फोटो: नातिकाजी महर्जन ,महर्जन रत्न 

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑