• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

कोरोनाको स्राेत खोजी गर्दै डब्लुएचओको टोली चीनमा


सुभाय् संवाददाता July 13, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बेइजिङ / कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निंगले सोमबार पुष्टि गर्नुभएको छ ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिनुभयो ।
“उनीहरुले हाम्रा विज्ञहरुसँग सम्वन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भन्नुभयो । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरुले यस्तै छलफलका लागि अन्य देशहरुमा पनि जान सक्ने उहाँले बताउनुभयो ।
“कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरुमा धेरै चरण पुरा गर्नु परेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरुका बारेमा पहिचान गर्न उनीहरु आएका हुन,” उहाँले भन्नुभयो ।
धेरै ठाउँमा धेरै चरणबाट कोरोनाभाइरसको विकास भएकाले उनीहरु आवश्यकता अनुसार अन्य देशहरुमा पनि जानसक्ने उहाँले पत्रकारहरुलाई जानकारी दिनुभयो । यसअघि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भन्नुभएको थियो, “कोरोनाभाइरसको श्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।”
यो विज्ञानसँग सम्वन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्वन्धित विषय भएको, यसले सवैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी शुरु भयो, कहाँ उत्पत्ति भयो भन्ने कुरा पत्तालगाउनु पर्ने उहाँको भनाइ थियो ।
कोरोनाभाइरस पहिलो पटक सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका अधिकांश देशहरुमा कोभिड–१९ को महामारी फैलिएको थियो ।

रासस /

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑