चांगुनारायणबाट चोरिएको मूर्ति हजार वर्ष पुरानो !

 Maharjan Ratna

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरबाट चोरी भएको मूर्ति झन्डै एक हजार वर्ष पुरानो भएको बताइएको छ। त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागका प्राध्यापक मुकुन्दराज अर्यालका अनुसार उक्त मूर्ति लिच्छवि कालको अन्त्यतिर वा मध्यकालको सुरुवाततिरको हो। उनले यसलाई १० औँदेखि ११ औँ शताब्दीको बताएका छन्। ‘लक्ष्मीनारायणको मूर्ति कम्तीमा पनि एक हजार वर्ष पुरानो हो,’ उनी भन्छन्, ‘यो जयस्थिति मल्लभन्दा पुरानो अर्थात् पूर्व मध्यकालको त निश्चितै हो।’ लिच्छविकालको अन्त्य र मल्लकालको उदयलाई नेपालको इतिहासमा अन्धकार युग मानिन्छ। झन्डै आठौँ वा नवौँ शताब्दीदेखि १३ औँ शताब्दीसम्म ऐतिहासिक दस्तावेजका कमीले गर्दा यसलाई अन्धकार युग

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पूर्व सभामुख कृष्णबहादुर महराद्वारा उच्च अदालतमा अपील

 Maharjan Ratna

काठमाडौं, मङ्सिर ५ गते । पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराउनु भएको छ । महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिनु भएको हो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । एक तह मुनीको अदालतले गरेको आदेश विरुद्ध पुनरावअलोकनका लागि एक तह माथिको अदालतमा आवेदन गर्न पाउनु कानुनी व्यबस्था छ । उहाँलाई डिल्लीबजार कारागारमा राखिएको छ ।


युगान्डामा वितरण गरिएका १० लाख कन्डम फिर्ता लिने

 Maharjan Ratna

एउटा अग्रणी परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम सुरक्षित प्रयोगसम्बन्धी चासोलाई लिएर फिर्ता लिएको जनाएको छ। परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डममा प्वाल पाइएको अथवा फुट्ने जोखिम देखिएको युगान्डाको न्याश्नल ड्रग अथोरिटी (एनडीए) ले जनाएको छ। मेरी स्टोप्सले ३५ वटाभन्दा बढी मुलुकमा गर्भनिरोधक र परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार युगान्डामा करिब छ प्रतिशत वयस्क एचआईभी एड्सबाट प्रभावित छन्। मेरी स्टोप्सले युगान्डामा प्रतिमहिना १५ लाखदेखि २० लाखवटा सम्म कन्डम आपूर्ति गर्ने गरेको छ। “यस किसिमको विषयलाई लिएर कुनै एउटा

अन्तर्राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

 Maharjan Ratna

काठमाडौ/ नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ मसिर ५ गते बिहीबार लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त छ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिनु भएको हो । मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिनु भएको हो । प्रधानमन्त्री केपी ओलीले बुधबार साँझ मन्त्रीपरिषदमा फेरबदल गर्नुभएको थियो । बुधबार नियुक्ति पाएका राज्यमन्त्रीहरु  मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरले बिहिवार राज्यमन्त्रीको सपथ लिनु भएको थियो ।


चन्द्रागिरी नगरपालिकाको पन्ध्रदिने रञ्जना लिपि तालिम

 Maharjan Ratna

काठमाडौं/चन्द्रागिरी नगरपालिकाको आयोजनामा  चन्द्रागिरी एकिकृत समाजले    ‘रञ्जना लिपि’ प्रशिक्षण तालिम  गर्ने भएको छ । यस नगर पालिकाको वडां. ५ किसिपिडिमा अवस्थित  सनसाइन स्कुलको प्रांगणमा  मंसिर ५ गते बिहीवारदेेेखि  सुरु  भएको छ । चन्द्रागिरी एकिकृत समाजका कोषाध्यक्ष महेश्वर श्रेष्ठले जनाए अनुसार,  यस तालिममा  तामाङ्ग, गुरुङ्ग, ब्राह्मण, क्षेत्री  तथा नेवार  समुदायको सहभागिता रहने छ । तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उक्त  नगरपालिकाका  उपमेयर लिशा नकर्मी ,अतिथिहरुमा वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः विद्यार्थी युनियन तथा मातृभाषा बचाउँ अभियन्ता (नेपाल

उपत्यका, समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

मन्त्रीमण्डलमा हेरेफेर , काठमाडौंका सांसद रामवीर पनि राज्यमन्त्री ,उपसभामुखद्वारा मन्त्रीपद अस्वीकार

 Maharjan Ratna

काठमाडौं/ नेपाल सरकारको मन्त्री परिषदमा हेरेफेर भएको छ । मन्त्री परिषदमा फेरबदल गर्ने बारे मंसिर ४ गते बुधवार बिहानैदेखि नेकपाका अध्यक्षद्वय के.पी. शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड  छलफलमा व्यस्त थिए ।दिउँसो अध्यक्षद्वयले राष्टपतिसँग उहाँको निवास शीतल निवास पुगेर परामर्श गरेको खबर आएको थियो । नयाँ मन्त्रीपरिषदको नामावली र कार्य विभाजन प्रकाशन कार्य भने बेलुकी अबेर मात्रै गरेको छ । राष्ट्रपति कार्यालयले  जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मौजुदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ । मन्त्रिपरिषदमा छ मन्त्री र तीन राज्यमन्त्री

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ओली र प्रचण्ड बैठकै छोडेर किन गए शीतल निवास?

 Maharjan Ratna

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा गरिरहेका नेकपाका दुई पार्टी अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टीका कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहाल प्रचण्ड चलिरहेको पार्टी सचिवालयको बैठक छोडेर राष्ट्रपतिसित छलफल गर्न शीतल निवास पुगेका छन् । आज पार्टी सचिवालयको महत्त्वपूर्ण बैठक बोलाइएको थियो । मन्त्रिपरिषद पुनर्गठनका लागि छ्लफल हुने कार्यक्रम थियो । तर बैठक नैं पछि सोरेर अध्यक्षहरु राष्ट्रपतिलाई भेट्न गएपछि पार्टीमा राष्ट्रपतिको पनि केही महत्वपूर्ण भूमिका रहेको हो कि भनी विश्लेषकहरुले अनुमान गरेका छ्न् । राष्ट्रपति तटस्थ रहनुपर्ने सामान्य मान्यता रहेको छ तर मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रक्रियामा

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ