• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 28, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

ओली र प्रचण्ड बैठकै छोडेर किन गए शीतल निवास?


सुभाय् संवाददाता November 20, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा गरिरहेका नेकपाका दुई पार्टी अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टीका कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहाल प्रचण्ड चलिरहेको पार्टी सचिवालयको बैठक छोडेर राष्ट्रपतिसित छलफल गर्न शीतल निवास पुगेका छन् ।
आज पार्टी सचिवालयको महत्त्वपूर्ण बैठक बोलाइएको थियो ।
मन्त्रिपरिषद पुनर्गठनका लागि छ्लफल हुने कार्यक्रम थियो । तर बैठक नैं पछि सोरेर अध्यक्षहरु राष्ट्रपतिलाई भेट्न गएपछि पार्टीमा राष्ट्रपतिको पनि केही महत्वपूर्ण भूमिका रहेको हो कि भनी विश्लेषकहरुले अनुमान गरेका छ्न् । राष्ट्रपति तटस्थ रहनुपर्ने सामान्य मान्यता रहेको छ तर मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रक्रियामा कुरा चलिरहेको बेला बैठक नै स्थगित गरेर अध्यक्षद्धयले राष्ट्रपतिलाई भेट्न गएकोमा राष्ट्रपति राजनीतिक रुपमा सक्रिय रहेको हो कि भने आशंका समेत गरिएको छ ।
आज ११ बजेतिर राष्ट्रपति भवन पुगेका ओली र प्रचण्ड पौने एक बजेसम्म शीतल निवासमै थिए भनिएको छ।
पार्टीभित्र ओलि गूटका भनिए पनि राष्ट्रपति विद्या भण्डारीको अलग्गै उपगूट रहेको र उनले राजदूत नियुक्तिदेखि विभिन्न सरकारी नियुक्तिमा समेत हस्तक्षेप गर्दै आएको बताइन्छ । राष्ट्रपति मन्त्री परिषद पूनरगठन हुँदा को को पर्ने नपर्ने बारे बुझ्न चाहेको र आफ्नो पक्षकालाई छुट्याउन नचाहेको देखिन्छ
।
हालको मन्त्रिपरिषदमा रहेका सूचना तथा संस्कृति मन्त्री गोकुल बास्कोटा, थममाया थापा र भूमि सुधार मन्त्री पद्मा अर्याल राष्ट्रपति निकट मानिन्छन् । त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि राष्ट्रपति नजिकका नेताहरुका रूपमा लिइएका छन्। यसरी दुई अध्यक्षहरु मन्त्री परिषद हेरेफेरको विषयमा राष्ट्रपतिको परामर्श लिन जानुको अर्थ उनमा रहेको उपगुटको शक्ति हो कि भनी सजिलै अनुमान लगाउन सकिन्छ।
सरकारले गरेको निर्णयलाई मात्र लागू गर्ने प्रक्रियामा लाग्नुपर्ने व्यक्तिले यसरी दवाब सृजना गर्नु पदीय मर्यादा अनुसार नमिल्दो भएको टिप्पणी पनि गरिएको छ । तर अध्यक्ष द्वय र राष्ट्रपति बीच के परामर्श भयो भन्ने बारे केही बताइएको छैन

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑