Maharjan Ratna
बुद्ध जन्मभूमि लुम्बिनीमा सारस महोत्सव हुँदै
Maharjan Ratna
लुम्बिनी/ बुद्ध जन्मभूमि लुम्बिनीमा मंसिर ११ गते बुधबार सारस महोत्सव हुँदैछ । लुम्बिनी बिकाश कोषको आयोजनामा यो महोत्सव हुन लागेको हो । लुम्बिनी गुरुयोजना क्षेत्रमा विश्वका धेरै क्षेत्रबाट बिभिन्न प्रजातिका चराअचुरुङी हरु आउने गरेका छन् । साइबेरियादेखि सारसहरु आउने गरेको बताइन्छ । लुम्बिनी क्षेत्र जैविक विविधता भएको क्षेत्र हो । साइबेरियादेखि आउने सारस लगायत पंछिहरुको वासस्थान अनि लुम्बिनीको विविध महत्वलाई यस प्रकारको महोत्सवले प्रकाश पार्न मद्दत गर्ने र पर्यटकहरुको आवागमन बढ्ने आशा गर्न सकिन्छ । महोत्सवमा चित्रकला र निबन्ध प्रतियोगिता, लुम्बिनी वरिपरि सारसको तथ्याङ्क प्रस्तुति, चित्रकला प्रदर्शनी, चरा अवलोकन, विरहा





