• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

“तेङ्खु ” बागमतीको वास्तविक नाम !


सुभाय् संवाददाता November 23, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


महर्जन रत्न
काठमाडौं उपत्यकाको सभ्यता नदीमा आधारित  सभ्यता हो। यहाँको मूल नदीमा बागमती, विष्णुमति लगायतका नदीहरु पर्दछन् । यिनै नदीहरुका किनारमा विकास भएको कृषि सभ्यता नैं सम्पन्न नेपालमण्डलको नेवा: सभ्यताको रुपमा बिकशित भएको तथ्य स्पष्ट छ।  काठमाडौं उपत्यकाका सबै ठाउँ , नदीनालाको आफ्नै मौलिक नाम रहेका छन् । उपत्यकाको मूल नदीमध्ये एक रहेको बागमती नदीको नाम किरातकालमा तेङ्खु रहेको देखिन्छ ।
बि.सं ७५२ को शिवदेव(द्वितीय)को काठमाडौंको लगन टोलको अभिलेखमा लगनको सिमाना उल्लेख गरेर  संस्कृतमा यस्तो  लेखिएको छ :
“दक्षिणतश्च तेङ्खु: पश्चमेनापि तेङ्खु: उत्तरस्यामपि चिशिमण्डातिल्मक..”
” दक्षिणतिर तेङ्खु पश्चिमतिर पनि तेङ्खु उत्तरतिर चिसिमण्डल ”
लगनको दक्षिण र पश्चिम भएर तेङ्खु बगेको छ । अर्थात हालको बागमती बगेको छ ।
तेङ्खु, तेखु हुँदै अहिले टेकु बनेको छ । पुरानो नेवार भाषामा खोला नदीलाई “खू” भनिन्छ खोल्साहरुलाई “खूचा” । उदाहरण ङेखु (नक्खु) , ब:खु(बल्खु) तुखुचा (टुकुचा) आदि। लंजग्वल लगनको त्यतिबेला उल्लेख भएको नाम हो , लगनको वास्तविक नाम ।
उत्तर चिसिमण्डल उल्लेख छ । उत्तर सीमा चिसिमण्डल भनेको हालको मरुसत: (काष्ठमण्डप) हो ।
यस अभिलेखबाट लगन टोलको अवस्थिती बारे स्पष्ट देखिन्छ भने यसै अभिलेखलाई पनि आधार मानेर बागमती नदीलाई “तेङ्खु” भन्न सकिने स्पष्ट छ । किन कि लगन टोल तत्कालीन लंजग्वलबाट दक्षिण र पश्चिम भएर बग्ने नदी तेङ्खु नै हालको बागमती नदी हो ।
तेङ्खु तेखु हुँदै टेकु बनाइएको छ । तर मूल शब्द तेङ्खु नैं हो। यो कुनै संस्कृत शब्द पनि हैन । यो उपत्यकाको मौलिक शब्द हो । भाषा विज्ञानको आधारमा यो किराँतकालिन शब्द हो जसलाई संस्कृत भाषामा अभिलेख राख्ने लिच्छविहरुले पनि निरंतरता दिए र लिच्छविकालमा पनि तेङ्खु नै भन्ने गरेको तथ्य माथि उल्लेख गरिएको अभिलेखले पनि पुष्टि गर्छ ।

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑