Maharjan Ratna
लकडाउनलाई बेवास्ता गर्दै काठमाडौमा हरेक दिन २ हजार मानिस भित्रिंंदै
Maharjan Ratna
काठमाडौं /लकडाउनको समयमा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध छ । संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि सरकारले नै एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहमा अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको छ । यसका बाबजुद ओहोरदोहोर रोकिएको छैन । बरु अलपत्र परेको नाममा काठमाडौंबाट वाहिर र वाहिरबाट काठमाडौंमा यात्रु ओसार्ने होडबाजी चलेको छ । संक्रमणको जोखिम बेवास्ता गरी यात्रु ओसार्ने काममा जनप्रतिनिधि नै संलग्न छन् । सवारीसाधनमार्फत दैनिक करिब २ हजार यात्रु काठमाडौं भित्रिरहेको र काठमाडौंबाट पनि त्यति नै संख्यामा बाहिरिइरहेको ट्राफिक प्रहरीको





