Maharjan Ratna
नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक शनिबार बस्ने
Maharjan Ratna
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताए। बैठकमा पार्टी भित्रको आन्तरिक समस्या तथा पार्टी एकताको सुदृढीकरणको महत्व तथा पार्टीका केही सदस्यहरूबाट माग भएको स्थायी कमिटिको बैठक लगायतका विषयमा गम्भीर छलफल भएको र छलफल जारी रहेको प्रवक्ता श्रेष्ठले बताए। उनले सचिवालयको अर्को बैठक बैशाख २० गते बस्ने र सो बैठकले उठेका विषयमा निर्णय गर्ने जानकारी गराए।





