• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

विविध निर्णय गर्दै कामपाको ४५औं कार्यपालिका बैठक सम्पन्न


सुभाय् संवाददाता April 26, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं /काठमाडौं महानगर पालिकाको ४५ औं कार्यपालिका बैठक विविध प्रस्तावहरु पारित गर्दै सम्पन्न भयो ।
काठमाडौंको राष्ट्रिय सभा गृह , प्रदर्शनी मार्गमा आज आइतबार कामपाका मेयर विद्या सुन्दर शाक्यको अध्यक्षतामा बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगर पालिकाका जनप्रतिनिधि कर्मचारीहरु कोरोनाका कारण  राहत वितरण लगायतका कार्यमा व्यस्त रहेको बेेला अझै केही समस्याहरु रहेको भन्दै गुनासोहरु आइरहेको बताए । काम गर्दा यस्ता केही गुनासोहरू आइरहने सामान्य कुरा भएको बताउँदै आएका गुनासो बारे जनप्रतिनिधिहरुले आवश्यक जानकारी दिई समाधान गर्न सकिने बताए ।
उनले शनिबारसम्म ६८ हजार ६ सय १७ परिवारलाई राहत वितरण गरेको १९ हजार ७  सय २३ जवानलाई खाना खुवाएको ,१०१९ जनाको आरडीटी टेस्ट गरेको तथा २६८० जनाले एम्बुलेन्स सेवा लिएको बताए ।
“अरु सेवाहरु पनि खोल्दै जाने कि भन्ने छलफल सुरु गरेका छौं “मेयर शाक्यले भने । नेपाल उद्योग ब्यापार संघ,नेपाल चेम्बर अफ कमर्स, नेपाल खुद्रा व्यापार संघ, सशस्त्र प्रहरी , जनपद प्रहरी लगायतका सुरक्षा निकायसँ छलफल गरेर बजार खोल्ने समयको विषयमा एक सहमति बनाएको उनले जानकारी दिंंदैै भने “महनगरबासीले बिहाान १० बजेसम्म दैनिक उपभोगका सामान किनमेल गर्न सक्नेछ्न् ।”

“अहिलेलसम्म हाम्रो काठमाडौं सुरक्षित छ भनिरहेका छौं । हामीले खानै नपाएर काठमाडौं छोड्नुनपर्ने यसका निम्ति महानगरले आवश्यकमा परेकाहरुलाई राहत दिने भनी राहत वितरण पनि गर्दै आएका छौं । आज यहाँबाट राम्रो सन्देश लिएर मानिसहरू  बाहिर गएका छन् । अहिलेसम्म गरिएका टेस्टहरु र एक महिनाको समयसीमा हेेेर्दा काठमाडौंमा कोहि पनि कोरोना पोजिटिभ छैनन् ।पोजिटिभ देखिएकाहरू पनि निको भएर फर्केका छन्। तर भोलि बाहिर गएकाहरु काठमाडौं  फर्कँदा उहाँहरूलाई हेर्ने दृष्टिकोण के हुन्छ त भन्ने प्रश्न गर्दै काठमाडौं महानगर पालिकाले निकालेको कोरोना ट्राय्किङ एप बारे सबैलाई जानकारी गराउन र त्यस एप भर्न प्रेरित गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।
आजको कार्यपालिका बैठकले राहतको निम्ति मेयरको निर्णय अनुसार उपलब्ध गराइएको रकम अनुमोदन , सहमति अनुसार सिसडोल ल्यान्डफिल साइट प्रभावित क्षेत्रका असहाय अति विपन्न र दैनिक ज्यालादारी गरि निर्वाह गर्ने बासिन्दालाई कोविड-१९ समेतलाई मध्यनजर राख्दै सहयोग गराउने रकम अनुमोदन गरियो । साथै महानगर पालिकामा कार्यरत परिचालकरुको म्याद थप गर्ने , तथा कान्ति इश्वरी स्कुल र कन्या माध्यमिक विद्यालय स्थान्तरण सम्बन्धमा समेत निर्णय गरिएको थियो ।
अन्तमा मेयर शाक्यले यस विषम परिस्थितिमा अप्ठ्यारो समयमा जनप्रतिनिधिहरु, स्वयंसेवक, कर्मचारीहरु दिलोज्यान दिई लागिपरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑