• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

“कोरोनाले मर्दिन भन्थ्यौ साथी “


सुभाय् संवाददाताMay 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

मीना श्रेष्ठ

घर देशबाट परदेश आएछि
कोठा बाड्नु पर्ने नि हुदोरहेछ
थुप्रै आए साथीहरू
थुप्रै खाले भए भेटहरु
खै किन हो !
तिमीलाई नै रोजे मैले
तिम्रो साथ खोजे मैले
थाहा थिएन .. तर..
हाम्रो साथ यति छोटो होला ,भनेर

घरमा आएदेखि ,
उ खोकी रहयो, सामान्य मान्यो
क्षणमै ज्वरो बढ्यो, क्षणमै घट्यो
क्षणमै सिरक खप्ट्याउन पर्ने
क्षणमै झ्यालहरु खोल्न पर्ने भयो
घरीघरी पखाला लागिरहयो

एम्बुलेन्स बोलाइयो
सामान्य भन्यो लगेन उसलाई
साच्चिकै उ बोल्दै थियो
देख्दा सामान्य थियो
दिनदिनै ज्वरो बढ्यो, गाह्रो भयो
उ हिडेरै अस्पताल गयो
छ घन्टाको पर्खाइमा कोरोना टेस्ट गर्यो

जे शंका गरेको ,त्यहीँ भयो
कोरोना पोजेटिभ देखियो
अस्पतालले सामान्य भन्यो, लिनै मानेन
डेढ किलोमीटर हिडेरै घर फर्कियो
र भन्यो ,”साथी म कोरोनाले मर्दिन के ”

उसलाई ज्वरो अझ बढ्यो
उ रातभर खोकी रहयो
स्वासप्रस्वास असामान्य हुँदै गयो
म पटकपटक एम्बुलेन्स बोलाउन भन्थे
उल्टै मलाई सम्झाउदै भन्थ्यो
“म कोरोनाले मर्दिन साथी ”

संक्रमण देखिएको एक हप्तासम्म पनि
कत्ति पनि सुधार भएन उसलाई
खाना पकाएर दिन्थे ,तातोपानी दिन्थें
खकारहरु डस्बिनमा फ्याकिदिन्थें

उसलाई ज्वरो अझै बढ्यो
हुँदाहुँदै श्रवण शक्ति घट्यो ,कान सुन्न छोड्यो
मेरो आग्रहमा पुनः अस्पताल गयो
अस्पतालले खोकीको औसधि मात्र दियो

उ झन असामान्य हुँदै गयो
रातभर अनवरत रूपमा खोकी रहयो
उ झन पर बाट बोलाएको नसुन्ने भयो
चिच्याउदै एम्बुलेन्स बोलाउछु भने
जिद्दी उ बल्लतल्ल राजी भयो

एम्बुलेन्समा प्याराम्याडिक टिम आयो
चिकित्सा टोलिले बडो निर्दयी ब्यवहार गरे
कडा लक्षण नदेखिएको भन्दै
यो उमेरका लाई जोखिम हुन्न भन्दै ,
सुनेनन् मेरो अनुरोध ,लगेनन् अस्पताल

राति खाना खुवाए,आधा मात्र खान सक्यो
मध्यरातमा बाथरुम गयो त्यति थाहा छ,
उसको खोकीको आवाजले सधैं ननिदाउने म
उ नखोकी निदाएकोले म पनि निदाएछु ।

बिहानीको दस बजेछ
पवन चुपचाप सुतेको छ, खोकेन आज
मैले सुतिसुती मेरै कोठाबाट सोधें
“पवनजी आज त मज्जाले निदाउनु भो नि”
उ बोलेन ,पुनः सोधें चिच्याउँदै
उ अझै बोलेन ,मन चिसो भयो

हत्तपत्त उठेर उसको कोठामा हेरे
उ भुइँमा घोप्टिरहेको थियो
उसको खुट्टामा किचेन सुज थियो
सबै कुरा बिर्सिएर उसको शरीरमा
ग्वार्लाम्म अंगालो मारे,

हात खुट्टा चिसा थिए
थिएनन ,छातीमा ढुकढुकी
आफुलाइ सम्हालेर एम्बुलेन्स बोलाए
स्वास्थकर्मिले छोएर भने.. “हि इज नो मोर …..”

आफुलाइ कसरी सम्झाउनु?
उ मलाई सम्झाइरहन्थ्यो
“साथी कोरोनाले मर्दिन के”
हेर त !! कोरोनाले मर्दिन भन्थ्यौ साथी
तर आज !! मर्यौ,छोडेर गयौ

जाने बेला गए पनि भनेनौ साथी
तिमी गएपछी
मसँग पनि कोरोना पोजेटिभ छ
तिमीलाई त बचाउन सकिन साथी
तर तिम्रो सम्झना बाचिरहेको छ,
मसँगै ,गुन्जिरहनेछ सधैं
तिमीले भनिरहन्थ्यौ
“कोरोनाले मर्दिन साथी ”

 

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑