• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 08, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

क्रान्तिको रेखा


सुभाय् संवाददाता May 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

शेखर विकल्प

कुनैदिन
कसैले सोधेथ्यो मलाई –
तँ, कलम रोज्छस् या तरवार ?
केहि बोलिन म त्यो दिन,
हेरेँ आफै संग भएको सिसाकलम
छामे सिसाकलमको टुप्पोलाई !
मलाई थाहा थियो
उड्छ सिसाकलमको रङ
मेटिन्छन अक्षरहरू
सोँचे – आफैमा भएको गुमाएर
के समाउनु अरू ?!
त्यसपछी विस्तारै लेखेँ सिसाकलमले
मान्छेका दुखाईहरू
समाजका पीडाहरू
कोतरेँ केहि मनका आशा र खुशीहरू
कोरेँ देशको सीमाना
र चन्द्र सूर्य ध्वजाको कोण
सोँचे – सरकारले देख्छ
गाउँका दुःखहरू
हेर्छ अध्यारा वस्तीहरू
पहाडको अप्ठ्यारो
तराइको तातो
बुझ्छ हिमालको चिसो !
बुझेन सरकारले ,
सोँचे – सरकारले नदेख्दै
उड्यो सिसाकलमले लेखेका अक्षरको रङ
संझिएँ – कसैले सोधेथ्यो मलाई
तँ, कलम रोज्छस् या तरवार ?
मैले जवाफ नदिए पनि सोँचे –
अब कलम रोज्छु ।
फेरि लेखेँ उसैगरी –
मान्छेका भोगाईहरू
सहर र गाउँ बिचको फरक
सरकारको र जनताको अवस्था
अँह, यसपाली पनि देखेन सरकारले
मसिले लेखेका अक्षरहरू
सुनेन झुपडीका आवाजहरू ।
सरकार – आज सिंहदारवारमा छ
बसेको छ सिंह जसरी !
तर हिजोँ यहि बाटो हिँडेको थियो
उसले टेकेका पाइलाका छापहरू
उस्तै छन् बालुवा र धुलोमा,
यहि छन् उस्ले काटेका भञ्ज्याङ्हरू
जिवीतै छन दुध पिएका चौँरीहरू,
उस्तै छन् अनाज फल्ने खेत र बारीहरू
उस्तै छन् जीवन रक्षामा लुकेका झुप्राहरू
बज्छन् उसैगरी
तराईमा कुदेका साइकलमा घण्टी !
जब उ छिरेर सिंह दरवारमा बस्यो
बिस्तारै, आँखा नदेख्ने भयो
कान नसुन्ने भयो
मात्रै आफूलाई चिन्ने भयो
जम्मा आफूलाई देख्ने भयो !
फेरि अर्को चोटी संझिएँ मैले,
कसैले सोधेथ्यो मलाई –
तँ, कलम रोज्छस या तरवार ?
मलाई चिच्याएर
जवाफ दिन मन लाग्यो यसपाली,
मलाई तरवारले मात्रै पुग्दैन
रोज्ने मन छ बन्दुक र बमहरू
सरकारले सुन्दैन
बन्दुकका गोलीले छेड्नु छ उसको कान
सरकारले देख्दैन
पड्काएर बम
कम्पन दिनु छ उसको शरिरमा
सरकार एक्लै निदाइरहेछ,
बिरामी भएर या चैनले ?
ब्यूझाउनु छ उसलाई ।
बरू,
आफ्नै करङ चोबेर रगतमा
कोर्नुछ सिंहदरबारका भित्तामा –
क्रान्तिको रेखा,
देखाउनु छ जनता र सरकार बिचको फरक ।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑