Maharjan Ratna
किजापुजाको दिन मंसिर २ गते सार्वजनिक बिदा !
Maharjan Ratna
काठमाडौं ।नेपाल सरकारले किजापुजाको दिन मंसिर २ गते बिदा दिने भएको छ । नेपाल संवतको तिथि अनुसार मंसिर २ गते पर्ने किजा पूजाको दिन सार्वजनिक विदा दिने निर्णय भएको हो । मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ती अनुसार देशभर सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थामा बिदा हुने छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आग्रह बमोजिम यसरी किजापुजाको दिन सरकारले बिदा दिने घोषणा गरेको हो । एक बर्ष





