काठमाडौं /नेपाल भाषाको ऐतिहासिक चलचित्र “राजमती”का नायिका हिसिला महर्जनलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
हिसिलाका साथैै उनका पति राजमती चलचित्रका नायक मणिराज लवट र छोरी पालिजालाई पनि कोरोना संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । उनीहरू अहिले होम आइसोलेशनमा बसी उपचाररत रहेका छ्न् ।
राजमति चलचित्रमा सँगै काम गरेको यो जोडी विवादपछि पनि धेरै चलचित्र तथा म्युजिक भिडियोमा सँगै देखिएको जोडी हो । राजमती चलचित्र नेपाल भाषाकै उत्कृष्ट चलचित्रमध्ये एक चलचित्र हो । यसको सफलतापछि हिसिला राजमती नामले बढी चिनिन्छ्न् ।
सामान्य रुघाखोकी लागेको र पछि जोरो आएपछि मनमोहन मेमोरियल अस्पतालमा परिक्षण गराउँदा हिसिला, मणिराज लवट र छोरी पालिजा सहित परिवारका तीन सदस्यमा कोरोना पोजिटिभ देखिएको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह उनीहरूले गरेका छ्न् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५