काठमाडौं ।नेपाल सरकारले किजापुजाको दिन मंसिर २ गते बिदा दिने भएको छ । नेपाल संवतको तिथि अनुसार मंसिर २ गते पर्ने किजा पूजाको दिन सार्वजनिक विदा दिने निर्णय भएको हो ।
मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ती अनुसार देशभर सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थामा बिदा हुने छ ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आग्रह बमोजिम यसरी किजापुजाको दिन सरकारले बिदा दिने घोषणा गरेको हो । एक बर्ष अगाडि पनि यसरी किजापुजाको दिन बिदा दिइएको यहाँ स्मरणीय छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५