Maharjan Ratna
हिमालयको पहिलोपटक काठमाडौं–बेइजिङ सिधा उडान सुरु
Maharjan Ratna
काठमाडौँ — पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु भएको छ ।नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले आइतबार बिहान बेइजिङले हालै सञ्चालमा ल्याएको डाक्सीङ विमानस्थलका लागि पहिलो व्यावसायिक उडान थालनी गर्यो । ‘६५ जना यात्रु बाकेर आइतबार बिहान पहिलो उडान एच९६६५ बेइजिङ उड्यो,’ हिमालयको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘नेपालबाट चीनको बेइजिङका लागि हामीले थालेको उडान पहिलोपटक हो ।’ उनका अनुसार, आइतबार बिहान गएको जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका छ । यस एयरलाइन्सले सातामा तीन दिन आइतबार,





