• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / सुभाय् पोस्ट बिशेष

तिहार अर्थात् प्रकृतिपूजा

सुभाय् संवाददाताOctober 28, 2019 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द पोखरेल
तिहार भनेको प्रकृतिपूजक पर्व हो । गाई, गोरु, काग, कुकुर भनेकै प्रकृतिका संकेत पात्र हुन् जो सधैं पूजनीय छन् ।
वन्यजन्तुविद् डा. तेजबहादुर थापा भन्छन्, ‘मानिससँग कुकुरको नाता फिरन्ते युगदेखि नै सुरु भएको हो । कुकुरको इमानदारी र बफादारिताबाट मानिस प्रभावित छ ।’

काठमाडौँ — हिन्दु धर्मावलम्बीका धेरैजसो चाडबाड विज्ञान र प्रकृतिसँग जोडिएका छन् । यो बेला सयपत्री र मखमली फूल जताततै ढकमक्क फुलेको छ । गाउँघर रमणीय बनेको छ । यी फूलले उज्यालो चाडको झल्को दिइसकेको छ ।

तिहारमा पूजा गरिने काग, कुकुर, गाई, गोरुको साइनो पनि प्रकृतिसँगै छ । तिहारमा पूजा गरिने यी पशुपन्छीको महत्त्व आफैंमा विशिष्ट छ । चराविद् हेमसागर बरालका बुझाइमा, ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो ।’

घरबाट फालिएका र गाउँ–सहरमा थुप्रिएका फोहोर सफा गरेर वातावरणीय स्वच्छतामा सघाउ पुर्‍याउन कागले मद्दत गर्छ । कागले एक पटक चिनेको अनुहार हत्तपत्त नर्बिसने अध्ययनले देखाएको छ । बरालका अनुसार काग आफैंमा एउटा सूचना संवाहक पनि हो । यसले अन्य प्राणीहरूलाई पनि सूचना दिन्छ । जंगलमा हिंस्रक जनावर देख्दा कागले आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको पूर्वसंकेत दिन्छ । कुनै प्राकृतिक विपत्ति आउने बेलामा यसले अनौठो व्यवहार देखाउने र अनौठो आवाज निकाल्ने काम गर्छ । नेपालमा ५ प्रजाति काग पाइने गरेकामा मानिस वरपर बस्ने ‘हाउस–क्रो’ संख्या पछिल्लो समयमा बढेर गएको अध्यनले देखाएको छ ।

तिहारको दोस्रो दिन कुकुरको पूजा हुन्छ । वन्यजन्तुविद् डा. तेजबहादुर थापा भन्छन्, ‘मानिससँग कुकुरको नाता फिरन्ते युगदेखि नै सुरु भएको हो । कुकुरको इमानदारी र बफादारिताबाट मानिस प्रभावित छ ।’ कुकुरको सुँघ्ने क्षमता अन्य जनावरको भन्दा धेरै हुन्छ । यही विशेषताका कारण कुकुरलाई अपराधी पत्ता लगाउने र अध्ययन– अनुसन्धानमा प्रयोग गरिन्छ । कुकुरको भिजेको जस्तो देखिने नाकले विभिन्न रसायन तथा गन्धबारेमा जानकारी लिन्छ । कुकुरले एक सय ५० भन्दा बढी शब्दको अर्थ बुझ्ने गरेको विज्ञहरू बताउँछन् ।

अन्तरिक्षमा पुग्ने सबैभन्दा पहिलो प्राणी कुकुर थियो । सोभियत रसियाले निर्माण गरेको स्पुटनिक–२ नामक अन्तरिक्ष यानमा सयर गर्ने पहिलो जनावर कुकुर बन्यो । मस्को सहरको सडकपेटीबाट लिइएको लुइका नाम गरेको कुकुर पृथ्वीको कक्षमा अन्तरिक्षयानबाट घुम्ने पहिलो जीव बन्यो ।

तिहारको तेस्रो दिन पुजिने जनावर हो— गाई । गाई दूधका लागि मात्र नभएर यसका विविध फाइदा पनि छन् । गाईको गोबरलाई मानिसले ‘एन्टिसेप्टिक’ का रूपमा प्रयोग गर्छन् । गाईले सूर्यबाट आउने विभिन्न हानिकारक विकिरणलाई सोस्ने काम गर्छ । यसले वायुमण्डललाई स्वच्छ बनाउन मद्दत पुर्‍याउँछ । गाईको गोबरबाट निकालिने गोबर ग्याँस एक प्रमुख जैविक इन्धन हो । भारतमा मात्रै गोबर ग्यास प्रयोगबाट वार्षिक ६ करोड टन दाउरा जोगिने गरेको तथ्यांक छ । गोबर कृषकहरूका लागि बहुउपयोगी मल हो । वातावरणविद् प्रकाश अर्यालका अनुसार वायु प्रदूषण न्यूनीकरणमा सघाउ पुर्‍याउने र जैविक ऊर्जाका लागि गाई उपयोगी जनावरको रूपमा लिन सकिन्छ ।

तिहारमा पुजिने अर्को जनावर हो— गोरु । गोरुलाई मानिसले खेत जोत्न, गोरु–गाडा चलाउन प्रयोग गर्दै आएको छ । गोरु घोडाभन्दा लामो समय हिँड्न सक्छ । प्रतिकूल मौसममा पनि धेरै सामान बोक्ने भएकाले यसलाई मानिसले प्रयोग गर्दै आएको हो । हाम्रै मुलुकको कुरा गर्ने हो भने तराईका कतिपय दुर्गम ठाउँमा गोरुगाडा प्रयोग गरिन्छ ।

तिहारको चौथो दिन गोबर्धन पर्वतलाई पुजिन्छ । पर्वत अर्थात् पहाड । पर्वत पानीको स्रोत पनि हो । मध्यएसियाबाट उत्तर बहने चिसो हावालाई पर्वत शृंखलाले छेकिदिन्छ । यसबाट निस्किएका नदीले मलिलो माटो ओसार्छन् । तटीय क्षेत्रमा बसोबास गर्नेहरू पर्वतबाट निस्किएका नदीमा भर पर्छन् । तिहारमा गाईको गोबरलाई पर्वतजस्तो बनाएर पुजिन्छ ।
तिहारमा भाइटीकामा क्रममा प्रयोग गरिने रङले प्रकृति संरक्षणसँगै प्राकृतिक स्रोतको उपभोग गर्न सकिने सन्देश दिन खोजेको छ । तिहारमा लगाइने रङ प्राकृतिक रूपमै बनाउन सकिन्छ । जस्तैस् दूबो । हरियो रङको रूपमा तिहारमा दूबो पनि लगाउने गरिएको छ । चामललाई पिसेर सेतो रङ बनाउने गरिएको छ ।

यस अर्थमा तिहार भनेको प्रकृतिपूजक पर्व हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पुजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो ।

source:ekantipur

सम्बन्धित पोस्ट
  • हनुमान डट कम
  • पाँच रुपैँयामा पिकनिक !
  • कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !
  • तिनतिकः महाबिकः ( बाखंचा)
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑