• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अर्थ

हिमालयको पहिलोपटक काठमाडौं–बेइजिङ सिधा उडान सुरु


सुभाय् संवाददाताOctober 28, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ — पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु भएको छ ।नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले आइतबार बिहान बेइजिङले हालै सञ्चालमा ल्याएको डाक्सीङ विमानस्थलका लागि पहिलो व्यावसायिक उडान थालनी गर्‍यो ।

‘६५ जना यात्रु बाकेर आइतबार बिहान पहिलो उडान एच९६६५ बेइजिङ उड्यो,’ हिमालयको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘नेपालबाट चीनको बेइजिङका लागि हामीले थालेको उडान पहिलोपटक हो ।’ उनका अनुसार, आइतबार बिहान गएको जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका छ । यस एयरलाइन्सले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ छ ।

‘हिमालयअघि नेपाल वायुसेवा निगमले चीनको सांघाई र ल्हासामा उडान गरेको थियो तर नेपाली ध्वजाबहाकबाट सिधा दुई मुलुकका राजधानी जोड्ने उडान भएको थिएन’, नेपाल वायुसेवा निगममा तीन दशक बिताएका राजुबहादुर केसीले भने । उनका अनुसार, निगमको जहाजले ल्हासामा ०४६ अघि केही महिना र सांघाईमा १२ वर्ष उडान गरेको थियो । काठमाडौंबाट जापानको ओशाका उड्ने निगमको बोइङले सांघाई ‘टचडाउन’ गर्थ्यो । निगमले ०५१ कात्तिकदेखि ०६३ चैतसम्म ओशाका उडान गर्दा सांघाईमा अवतरण गरेर इन्धन भर्थ्यो ।

नेपालले चीनका ७ वटा सहरमा सिधा उडान गर्ने हवाई सम्झौता गरेको २ दशक बढी भए पनि चीनको राजधानी बेइजिङमा सिधा व्यावसायिक उडान भएको थिएन । चार दशक बढी सयम उड्डयन क्षेत्रमा बिताएका केसीका अनुसार, हिमालयअघि नेपालबाट कुनै पनि स्वदेशी वायुसेवाको सिधा उडान थिएन । ‘हिमालय नै पहिलो व्यावसायिक र पहिलो चार्टर उडान गर्ने नेपालमा दर्ता भएको एयरलायन्स हो,’ केसीले भने । उनका अनुसार, यसै एयरलायन्सले ४ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चार्टर उडानमा बेइजिङ पुर्‍याएको थियो । प्रधानमन्त्रीपछि हालै नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर राष्ट्रपति विद्या भण्डारी पनि चीन भम्रणमा गएकी थिइन् ।

काठमाडौं बेइजिङ रुटमा एकतर्फी उडान समय साढे ५ घन्टा हाराहारी लाग्छ । हिमालयले आफ्नो न्यारोबडी विमान एयरबस ३२० पठाएको छ । यो १ सय ५८ सिट क्षमताको जहाज हो । ‘फर्किँदा ७० हाराहारी यात्रु छन्,’ हिमायलकी मार्के्टिङ हेड उज्वला दलीले भनिन् । यो रुटमा ७० प्रतिशत यात्रु पर्यटक हुने हिमालयले जनाएको छ । अहिले हिमालयसँग दुईटा न्यारोबडी विमान छन् । यस्को एउटा अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महिनाभित्र फिर्ता ल्याइने भएको छ ।

हाल काठमाडौंबाट बेइजिङ जाने हवाई रुट भारत, म्यानमार हुँदै चीन प्रवेश गरेर जाने एउटा रुट छ भने अर्को रुट हिमाल नाघेर तिब्बत हुँदै जाने ट्रान्स हिमालयन रुट पनि छ । तर, यो रुटमा उड्ने विमानमा अक्सीजनसहितको ‘ल्हासा–कीट’ उपकरण जडान गरेको हुनुपर्छ । ल्हासाकीट जडान भएको जहाज हिमालयले ल्याउने तयारी गरेको छ । यदी हिमाल नाघेर सोझै उडान भएमा यो रुट एक घण्टा छोटो हुने श्रेष्ठले बताए ।

हिमालयले हाल काठमाडौंबाट बंगलादेशको ढाका, यूएईको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहा सिधा उडान गर्दै आएको छ । नेपालले हालसम्म ४० वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । चीनले नेपाललाई १५ वटा सहरमा उडान अनुमति दिएको छ भने नेपालले अब सञ्चालनमा आउने भैरहवा र पोखरामा चीनलाई उडान अनुमति दिइसकेको छ ।

source:ekantipur

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑