Maharjan Ratna
पोखरा भव्य रुपमा मनाइयो नयाँ वर्ष
Maharjan Ratna
“सबै जातजाति, भाषाभाषिको विकास र सम्मानबिना समावेशी लोकतन्त्र बलियो हुन नसक्ने”-मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ पोखरा / नेवा: खल:कास्कीको आयोजनामा नेपाल संवत ११४० नव वर्षको उपलक्षमा आज नेसं ११४० कछलाथ्व १(२०७६ साल कात्तिक १२) सांस्कृतिक र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो । र्यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, संसादहरु, विभिन्न दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।पोखरा महानगरपालिका अगाडी न्यूरोडबाट आरम्भ भएको र्याली नगर परिक्रमा गरी नालामुख भिमसेनटोलस्थित नेवाः छेमा पुगेर शुभकामना सभामा परिणत भएको थियो । सांस्कृतिक र्यालिमा आदिवासी जनजातिका तर्फबाट र अन्य समुदायबाट समेत सहभागिता





