• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

पोखरा भव्य रुपमा मनाइयो नयाँ वर्ष


सुभाय् संवाददाता October 29, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

“सबै जातजाति, भाषाभाषिको विकास र सम्मानबिना समावेशी लोकतन्त्र बलियो हुन नसक्ने”-मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ

पोखरा / नेवा: खल:कास्कीको आयोजनामा नेपाल संवत ११४० नव वर्षको उपलक्षमा आज नेसं ११४० कछलाथ्व १(२०७६ साल कात्तिक १२) सांस्कृतिक र्‍याली  तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो । र्‍यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, संसादहरु, विभिन्न दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।पोखरा महानगरपालिका अगाडी न्यूरोडबाट आरम्भ भएको र्‍याली नगर परिक्रमा गरी नालामुख भिमसेनटोलस्थित नेवाः छेमा पुगेर शुभकामना सभामा परिणत भएको थियो ।

सांस्कृतिक र्‍यालिमा आदिवासी जनजातिका तर्फबाट र अन्य समुदायबाट समेत सहभागिता जनाइएको थियो । भव्य रुपमा निकालिएको उक्त र्‍यालिमा मौलिक भेषभुषा बाजागाजासहितको उल्लासपूर्ण सहभागिता  रहेको थियो ।

समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकमा समावेशी लोकतन्त्रको अभ्यास र विकासको चरणमा रहेकाले सबै जातजाति, भाषाभाषिको विकास र सम्मानबिना समावेशी लोकतन्त्र बलियो हुन नसक्ने बताउनु भयो ।
नेपाल संवत ११४० को शुभकामना र्‍यालीपछि नेवा छेँ भवन, भिमसेनटोलमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सबै जातजातिको संस्कार संस्कृतिको सम्मान तथा प्रवर्धन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “सबैको सहभागिता र सम्मान गर्ने परिपाटीले साच्चिकै देशमा समावेशी लोकतन्त्रको विकास हुन्छ ।”
प्रदेशमा भएका सम्पूर्ण जातजातिका भाषा संस्कृतिको सम्मान र प्रवर्धनले समग्र गण्डकी प्रदेशको विकास हुनेमा जोड दिनुभयो । राज्यले धर्मको संरक्षण गर्ने, सम्मान गर्ने नीति ल्यााएको छ, यसले धार्मिक सहिष्णुता कायम गर्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । साथै उहाँले बहुभाषिक नीति अवलम्वन गरेर सरकार अगाडी वढेकोले बताउनु भयो ।

वरिष्ठ कवि ,संस्कृतिकर्मि तीर्थ श्रेष्ठले नेपाल संवत अहिले नेवारको जस्तो देखिन थालेको छ, इतिहासले त्यो भन्दैन, उहाँले भन्नुभयो  “एकजना प्रधानमन्त्रीले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभयो, अरु प्रधानमन्त्रीको पालामा पनि अनेक घोषण गरिए, दुख लाग्ने कुरा यो हो कि राज्यले स्वामित्व ग्रहण गर्न सकेन ।”

नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा विविध क्षेत्रमा योगदान गर्ने महानुभावहरुको सम्मान गरिएको थियो ।

नेपाल भाषा ,संस्कृति क्षेत्रमा उल्लेखनीय  भूमिका खेल्दै आएको नेवा: खल: कास्कीले आफ्नो क्षेत्रमा जागरण ल्याउन सराहनीय कार्यहरु गर्दै आएको छ ।

    र्‍याली र औपचारिक कार्यक्रमका फेसबुक लाईभ भिडियो हेर्नुस्

नया वर्ष नेपाल संवत ११४० को शुभकामना ।

Posted by Sanjaya Kumar Malla on Monday, October 28, 2019

 

Posted by Sanjaya Kumar Malla on Monday, October 28, 2019

 

नया वर्ष नेपाल संवत ११४० को शुभकामना ।

Posted by Sanjaya Kumar Malla on Monday, October 28, 2019

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑