Maharjan Ratna
बोस्टनमा पनि नयाँ बर्ष र म्हपुजा कार्यक्रम
Maharjan Ratna
अमेरिकाको नेवा: अर्गनाइजेशन अफ न्यू इंग्लैंण्ड, बाेष्टनको आयोजनामा गत नेपाल सम्बत ११४० कछला पारु तद्नुसार कार्तिक १२ गतेका दिन म्ह: पुजा तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको खबर छ । बोस्टनबाट हाम्रा सम्बादाताले पठाएका अनुसार उक्त दिन पाँच प्रकारको अन्न र लावा लगायत सामाग्री राखी मण्डला बनाई म्हपुजा गरिएको थियो । । गुरु मण्डल विधिपूर्वक पूजा गरि आफ्नो शरीर (काय् ), वाणी (वाक), मन (चित्त) शुद्धि तथा सुस्वास्थ्यकोकामना सहित म्हपुजा गरिएको थियो । सयभन्दा बढी व्यक्तिहरुले सहभागिता जनाएको म्हपुजा कार्यक्रम सकिएपछी नव: वर्षको स्वागत गर्दै भिंतुना आदानप्रदान कार्यक्रम





