Maharjan Ratna
ऐतिहासिक तथा सांस्कृतिक नगर कीर्तिपुर बारे छोटो चलचित्र प्रतियोगिता गरिने
Maharjan Ratna
काठमाडौं /नेपालको ऐतिहासिक तथा सांस्कृतिक नगर कीर्तिपुर बारे नेपालभाषाको छोटो चलचित्र प्रतियोगिता गरिने भएको छ । कीर्तिपुर नगर पालिकाले यस प्रतियोगिता गर्न लागेको हो । यस विषयमा आज किर्तिपुर नगर पालिकाका प्रमुख रमेश महर्जनको तथा नेपाल भाषाका चलचित्रकर्मिबिच एक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिलेको समय प्रविधिको युग भएको र किर्तिपुरबारे प्रचार प्रसार गरी पर्यटक आगमन बढाउने कार्यमा छोटा चलचित्रहरुले प्रभावकारी भूमिका खेल्न सक्ने तथ्यलाई ध्यानमा राखी यो छलफल कार्यक्रम राखेको बताउनु भयो । चलचित्र प्रतियोगिता बारे कीर्तिपुर नगर पालिका वडानं ६ का वडा अध्यक्ष एव्ं कलाकार





