• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 27, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / नेवाःख्यः

कुवेतमा नेपाल संवत ११४० नयाँ वर्ष तथा म्हपूजा हर्षोल्लासपूर्वक मनाइयो

सुभाय् संवाददाताNovember 3, 2019 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ६३ मिनेट
उदास श्रेष्ठ ,कुवेत /नेवाः गुठी कुवेतले कुवेतमा नेपाल संवत ११४० तथा म्हपूजा हर्सोल्लासपूर्वक मनाएको छ । गुठीले  १ नोभेम्बर २०१९ शुक्रबार साँझ नेपाली राजदूतावास,एनआरएन , कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार लगायत नेपाली समाज कुवेतमा कृयाशिल व्यक्ति ब्यक्तित्वहरू तथा सम्पूर्ण  नेवाः दाजुभाइ एवं दिदीबहिनीहरूकाे सामुहिक उपस्थितिमा एक विशेष समारोहको गरेको थियो ।  कुवेतको फरवानियास्थित युनिक अडिटोरियम हलमा नयाँ वर्ष तथा म्हपूजा भव्य रूपमा मनाएको हो । नेपाल संवत ११४० तथा म्हपूजाको अाैपचारिक शुभकामना अादान-प्रदान पश्चात शुरू भएको हिँजोको म्हपूजामा नेवार तथा गैरनेवार गरेर पचासाैंको संख्यामा सहभागी भएका थिए भने सहभागी सबैलाइ म्हपूजाको विशेष अनुष्ठान सम्पन्न गरेर नेवारी भोज खुवाइएको थियो ।
संस्थाका अध्यक्ष सुरज मास्केको सभाध्यक्षता तथा नेपाली राजदूतावासका  राजदूत दुर्गा प्रासद भण्डारी दम्पतिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा संस्थाका संरक्षक शिब श्रेष्ठ, सल्लाहकार कल्याण कुमार श्रेष्ठ, एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्याैपाने, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, किराँत राइ यायोक्खाका अध्यक्ष मञ्जित राइ, काेसेली समुह कुवतेका अध्यक्ष आनन्द आ चार्य, नेपाली प्रवासी ट्याक्सी ब्यावसायी महासंघका अध्यक्ष सुन बहादुर तामाङ लगायतको समुपस्थितिमा राष्ट्रिय संवतको रूपमा मान्यता प्राप्त गरेको नेपाल संवतको नयाँ वर्ष ११४० तथा म्हपुजा कार्यक्रम सम्पन्न गरिएको थियो । दिप प्रज्वलन र नयाँ वर्षको केक काटेर शुरू भएको उक्त विशेष कार्यक्रममा राजदूत भण्डारीले शुभकामना दिंदै विविधतामा अनेकता र अनेकतामा एकता भएको हाम्रो देश नेपालमा धेरै भाषा संस्कार र संस्कृति रहेको बताउँदै संस्कृतिको धनि देश नेपालका नेपालीहरूले नेपालको नाम उज्यालो पार्न हरेक जात, वर्ग र समुदायले आ-आफ्ना संस्कार, संस्कृति र परम्परालाइ अवछिन्न रूपमा कायम राखेमा देश सांस्कृतिक सम्पदाले धनि हुने बताउँदै नेवाः गुठी कुवेतले प्रवासमा समेत आफ्नो संस्कार र संस्कृति जोगाइ राख्न नेपाल संवत ११४० तथा म्हपुजाआ योजना गरेकोमा आफ्नो व्यक्तिगत तथा दूतावासको तर्फबाट सिंगो नेवाः गुठीलाइ धन्यवाद दिंदै हरेक समुदायका संस्कार र संस्कृति सम्पुर्ण नेपालीको लागि मोलिक संस्कृति भएकोले एकले अर्कोसँग भाइचारा र भातृत्व कायम गर्दै संस्कृति संरक्षणमा लाग्नु पर्ने बताए ।  उक्त कार्यक्रममा कुवेतमा कृयाशिल अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधिहरूले पनि शुभकामना मन्तव्य दिएका थिए ।
“संस्कृति हराए हाम्रो पहिचान हराउने छ ” भन्ने कुरामा सचेत गराउन २०११ मा स्थापना भएको नेवाः गुठी कुवेतको नयाँ वर्षको कार्यक्रम महासचिव नविन कुमार श्रेष्ठले संचालन गरेका थिए भने कार्यक्रम संयोजक उदाश श्रेष्ठले नेपाल भाषामा कार्यक्रममा उपस्थित अतिथिहरूलाइ स्वागत गरेका थिए । नेपाल संवत ११४० मनाएपछि म्हपूजा गरिएको उक्त कार्यक्रममा नेपाल संवत र म्हपूजाको सांस्कृतिक पक्षबारे संयोजक उदाश श्रेष्ठले नेपाल भाषामा र सचिव ध्रुब कुमार श्रेष्ठले नेपाली भाषामा जानकारी गराएका थिए ।

 

सम्बन्धित पोस्ट
  • बुद्धदेखि बोधिसत्व, अवलोकितेश्वर, बुंगद्यः र मछिन्द्रनाथ हुँदै भक्तिमार्गसम्म
  • “पचली भैरब” पुस्तक विमोचन
  • पाँच रुपैँयामा पिकनिक !
  • मरु सत: चाल
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    बुद्धदेखि बोधिसत्व, अवलोकितेश्वर, बुंगद्यः र मछिन्द्रनाथ हुँदै भक्तिमार्गसम्म

    “पचली भैरब” पुस्तक विमोचन

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    सुभाय् पोस्ट बिशेष

    बुद्धदेखि बोधिसत्व, अवलोकितेश्वर, बुंगद्यः र मछिन्द्रनाथ हुँदै भक्तिमार्गसम्म

    “पचली भैरब” पुस्तक विमोचन

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑