• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अर्थ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ लाख २९ हजार रुखहरु काटिने


सुभाय् संवाददाता October 30, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

बारा । बारामा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ लाख २९ हजार रुखहरु मात्र काटिने भएको छ ।

आयोजनालाई प्रभावित पार्न खोजेकाले गलत सूचना सम्प्रेषण गरेको भन्दै २ धाबन मार्ग निर्माणकाल लागि उक्त परिमाणको रुख माटै काटिने आयोजनाले जनाएको हो ।

निजगढ अन्तर्राष्टिय विमानस्थल निर्माण गर्न २४ लाख साल रुख काटिने निराधार हल्ला गरेको भन्दै आयोजनाले पत्रकारसम्मेलन मार्फत् त्यसको खण्डन गरेको हो ।

एक लाख २९ हजार रुखहरु कटान हुने त्यसमा टर्मीनल भबन, प्रबेश मार्ग, रनबे, धाबन मार्गलगायतका संरचनासहित हरियाली विमानस्थलका नामले परिचित हुने आयोजनाको दाबी छ ।

आयोजना प्रमुख ओम शर्माले विमानस्थल निर्माणका लागि सरकारलाई सघाउने वैकल्पिक र उत्तम उपायसहितको अवधारणा ल्याएको  छिटै प्रधानमन्त्री समक्ष उक्त ढाँचा पेश हुने बताए ।

वैकल्पिक अवधारणाअन्तर्गत पहिलो पाँच वर्षमा १० हजार रुख कटान गरी एउटा धावनमार्ग र टर्मिनल भवन लगायतका संरचना बनाएर विमानस्थल तत्काल संचालनमा ल्याउने उल्लेख  छ ।

त्यस्तै दोस्रो चरणअन्तर्गत दोस्रो धावनमार्ग र टर्मिनल लगायतका संरचनाहरू निर्माण हुनेछन् ।

विमानस्थलको यो मोडालिटी सम्बन्धित सबै निकायमा पुगिसकेको र मन्त्रिपरिषद्बाट टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।

प्रस्तावित विमानस्थलको कुल क्षेत्रफल ८ हजार हेक्टर भएपनि हाल विमान स्थल निर्माणमा एक हजार ६ सय ५० हेक्टर बन क्षेत्र मात्र प्रयोग हुने आयोजनाले सार्वजनिक गरेको ढाँचामा उल्लेख रहेको छ ।

आयोजनालाई प्रभावित गर्न खोजेकाहरुले सञ्चारमाध्यममलाई गलत सूचना प्रवाह गरिएको आयोजनाको आरोप छ ।

मन्त्रिपरिषदको निर्णय कुरेर बसेको आयोजनाले टाँगियावस्ती स्थानान्तरण र  गुरुयोजनासँगै शिलान्यासपछि आयोजनाले गति लिने जनाइएको छ ।

  1. source :imagenews
सम्बन्धित पोस्ट
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑