• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार


सुभाय् संवाददाता November 1, 2026 मा प्रकाशित (१८ मिनेट अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

-रन्जना श्रेष्ठ

काठमाडौं, १६ कात्तिक २०८३, आइतबार/काठमाडौं महानगरपालिकाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको तीनदिने काठमाडौं फिल्म फेस्टिभल २०२६ आज आइतबार सम्पन्न भएको छ। अक्टोबर ३० देखि नोभेम्बर १ सम्म सञ्चालन भएको महोत्सवले काठमाडौंको कला, संस्कृति, भाषा, सम्पदा र पर्यटनलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।

महोत्सवमा नेपालसहित १४ देशका ३८ चलचित्र प्रदर्शन गरिएको थियो। चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, मास्टरक्लास, प्यानल छलफल, सांस्कृतिक प्रस्तुति तथा सम्पदा पदयात्रासमेत आयोजना गरिएको थियो।

महोत्सवको उद्घाटन शुक्रबार वसन्तपुरबाट सांस्कृतिक प्रस्तुति र सम्पदा पदयात्रासहित गरिएको थियो। दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी र कलाकारहरूको सहभागिता रहेको थियो। भारतीय  अभिनेत्री शबाना आजमी, चलचित्रकर्मी मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा लगायतको सहभागिताले महोत्सवलाई अन्तर्राष्ट्रिय आयाम दिएको थियो।

‘भकुण्डे भूत’ लाई पहिलो पुरस्कार

महोत्सवअन्तर्गत आयोजित ‘मेरो संस्कृति, मेरो सम्पदा’ विषयक छोटो भिडियो चुनौतीमा जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले पहिलो पुरस्कार प्राप्त गरेको छ।

४ मिनेट ५५ सेकेन्डको उक्त भिडियो ३५ प्रतिस्पर्धी भिडियोमध्येबाट छनोट भएको हो। प्रतियोगितामा अनुभव श्रेष्ठ निर्देशित ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटा निर्देशित ‘झीगु छेँ’ तेस्रो भएका छन्।

विजेताहरूलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। पुरस्कार वितरण समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, कलाकार विजय बराल र अभिनेत्री सुरक्षा पन्त सहभागी थिए।

नेपाली चलचित्रलाई प्रोत्साहन

‘नेपाल पानोरमा’ अन्तर्गत छनोट भएका नौवटा छोटा चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको थियो। महोत्सवमा नेपाली चलचित्रका पुराना कृतिहरूको पुनःस्थापित संस्करणसमेत प्रदर्शन गरिएको थियो। प्रेमबहादुर बस्नेत निर्देशित ‘कुमारी’ लगायतका चलचित्र प्रदर्शनले नेपाली चलचित्रको इतिहास र सिर्जनात्मक यात्रालाई नयाँ पुस्तासँग जोड्ने अवसर प्रदान गरेको थियो।

सन् २०२३ मा युनेस्कोको ‘क्रिएटिभ सिटिज नेटवर्क’ अन्तर्गत काठमाडौं ‘क्रिएटिभ सिटी अफ फिल्म’ का रूपमा सूचीकृत भएको थियो। त्यसैको पृष्ठभूमिमा आयोजित पहिलो काठमाडौं फिल्म फेस्टिभलले चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सहरको मौलिक पहिचान, भाषा, संस्कृति र सम्पदा अन्तर्राष्ट्रिय जगत्सम्म पुर्‍याउने प्रयास गरेको छ।

महोत्सवको पहिलो संस्करण सम्पन्न भएसँगै काठमाडौंलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावनासमेत अघि बढेको छ।

 

सम्बन्धित पोस्ट
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑