Maharjan Ratna
सरकारको आलोचना गर्दै बालुवाटारमा धर्ना दिन पुगेकालाई पानीको फोहरा र प्रहरीको लाठी
Maharjan Ratna
काठमाडौं /मंगलबार सरकारको कामको आलोचना गर्दै विरोधमा उत्रिएका युवाहरुको समूहलाई प्रहरीले लाठीचार्ज र पानीको फोहराले हान्दै तितरवितर पारेको छ। कोरोना संक्रमणले स्थिति भयावह बन्दै जाँदा पनि सरकार सुतेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट जुटेका युवाहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए। उनीहरुले सरकार ब्युँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए। सामाजिक दुरी कायम राख्दै धर्नाका लागि पुगेका उनीहरुलाई बल प्रयोग गरेर प्रहरीले हटाएको हो। करिब डेढ घन्टा लगातार धर्ना दिएपछि आएका प्रहरीले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भन्दै माइकिङ गरेका थिए। त्यसपछि धर्नामा सहभागी युवाहरुलाई पानीको फोहाराले हानिएको थियो भने





