• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 23, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

आरडीटीको भर पर्दा दैलेखको गाउँ नैं संक्रमित


सुभाय् संवाददाता June 7, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

दैैैैलेखन/ दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ ।
भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण गरेर घर पठाएपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ ।
क्वारेन्टाइनमा बसेकाहरूको एक साता कटेपछि पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरेर सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । तर, सुर्खेतमा परीक्षण गर्न ढिलाइ भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । त्यहाँ पनि ढिलाइ भएपछि आरडिटी विधिबाट परीक्षण गरेर उनीहरूलाई घर पठाइएको थियो ।
तर, त्यसको दुई दिनपछि बिहीबार एक सय १३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भयो । संक्रमितमध्ये २६ जना मात्रै स्वास्थ्य संस्थामा छन्, ८७ आ–आफ्नै घरमा छन् । यो बीचमा उनीहरू सयौँ मानिसको सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वास्थ्य संस्थामा ल्याउन तथा आइसोलेसनमा राख्ने पहल गरिएको छैन ।
स्थानीय जनप्रतिनिधिले गाउँका ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमण फैलिने र यसले थप भयावह अवस्था आउने भन्दै उनीहरूलाई आइसोलेसनमा राख्न आग्रह गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले नागरिकको स्वास्थ्यमा खेलबाड भइरहेको बताए । ‘यस्तो वेलामा जिम्मेवार निकायहरूले हेलचेक्र्याइँ गर्ने हो भने अवस्था जटिल बन्न सक्ने देखिएको छ,’ उनले भने ।
नारायण नगरपालिकामा मेयर रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरबाहीका कारण नगरपालिका कोरोना सेन्टर बन्न पुगेको बताए । ‘स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो, तर हाम्रा भौतिक पूर्वाधारको अवस्थाअनुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो । अहिले संकट उत्पन्न भएको छ,’ उनले भने, ‘अब संघीय र प्रदेश सरकारले दैलेखका विषयमा तत्काल केही कदम चाल्नुपर्छ ।’
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले संक्रमितहरूलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न लगाइएको र फोनबाटै स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भइरहेको बताए । यसैबीच, स्थानीय प्रशासनले सदरमुकाम रहेको नारायण र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमण फैलिन उच्च जोखिम देखिएकाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।
भारतबाट फर्किने दैलेखवासीको संख्या ४२ हजार हुने जिल्ला समन्वय समितिको आंकलन छ । अहिलेसम्म १२ हजार आइसकेका छन् । आउने क्रम पनि जारी छ ।
नयाँपत्रिकाबाट साभार

सम्बन्धित पोस्ट
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑