Maharjan Ratna
राजधानीको ह्याम्स अस्पतालमा उपचाररत दुईजनामा कोरोना संक्रमण
Maharjan Ratna
काठमाडौँ / काठमाडौँको एक निजी अस्पतालमा उपचाररत दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। ती दुवैजनाको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयको नियमित व्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले गुल्मीका ७६ वर्षिय पुरुष र कास्कीका ६० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको बताएका हुन्। डा.देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यसैगरी आजको कोरोना अपडेट अनुसार संक्रमितको संख्या २९१२ पुगेको छ भने ११ जनाको मृत्यु भएको तथा ३३३ जना संक्रमणमुक्त भएका छ्न् ।
लकडाउन खुकुलो बनाउन ६ चरणको योजना, लकडाउन खुलेपछि स्थिति भयावह पनि हुन सक्ने आँकलन
Maharjan Ratna
काठमाडौँ /कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले ‘लकडाउन टु लुजडाउन’को नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणको १२ हप्ते लकडाउन खोल्ने योजनाको प्रस्ताव तयार पारेको छ। लकडाउन खुकुलो बनाउनु पर्ने चर्को दबाब सरकारमाथि परिरहेका बेला सीसीएमसीले तयार पारेको उक्त प्रस्ताव कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिमा पेश भइसकेको छ। थप छलफल गरी समितिले त्यसलाई अनुमोदनका लागि मन्त्रीपरिषदमा पेश गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले बतायो। सीसीएमसीले तयार पारेको ‘नेपालमा बन्दाबन्दीलाई खुकुलो गर्ने ‘प्रस्तावित स्वरुप’ मा लकडाउन पूर्णरुपमा खुल्ला गर्ने निर्णय





