• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

भेरीमा बगेरको प्रेमको अंकुर


सुभाय् संवाददाताJune 1, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

दीपक विश्वकर्मा 

सामाजिक कानुनको रुपमा खडा गरिएको जात ब्यवस्था कालान्तरमा संस्कृति बन्न पुग्यो । यो संस्कृति पछि सामाजिक हैकमको माध्यम बन्यो । राज्यसत्ता जहिल्यै शक्तिको हातमा केन्द्रित हुन्छ । शक्ति जहिलेपनि आफ्नो पक्षधरतामा टिकेको हुन्छ । सोही पक्षले आफ्नो सामाजिक स्रोत माथिको पकडलाई चिरस्थायी बनाएर राख्न विविध सामाजिक इकाईहरुको गठन गर्दछ । राजनीतिकशास्त्रमा ती इकाइहरुलाई एजेन्सी भनिन्छ । यी इकाइहरुमा धर्म, कानुन, रीतिरिवाज, सेना, पुलिस, प्रशासन आदि पर्दछन् ।
जब कुनै परम्परा संस्कृति बन्दछ, त्यसको परिवर्तन हुन लामो समय लाग्दछ । बाहुनको आगनको डिलमा गएर बस्नु, क्षेत्रीको घरमा गएर खाएको भाँडा माझ्नु, दमाई कामीको भान्सामा प्रवेश गर्न नसक्नु संस्कृतिका रुप हुन् ।
यस किसिमको संस्कृतिको निर्माणकाल हजारौ वर्षको रहेको छ । केही विद्धानहरुको तर्क छ, मनुस्मृतिमा कार्य विभाजन मात्र छ । तर त्यसमा जात ब्यवस्था छैन । फल्ना जातिले फल्नै काम गर्नु पर्छ भन्ने लेखिएको छैन । अध्येताहरु भन्छन्, विश्वामित्रको असली रामायाणमा सम्बुकको प्रसंग नै छैन । पछि कर्मकाण्डी ब्रह्माणहरुले आफ्नो स्वार्थलाई स्थापित गर्न सम्बुकको काल्पनिकी खडा गरे र कर्मबीरहरुलाई बौद्धिकताको क्षेत्रबाट अलग गरे ।
यिनै बहिष्करण, अलगावको कारणले जातपातको पर्खाल खडा हुँदै गयो । १४ औ सताब्दीको जस्थितिको समाजब्यवस्था, बि.सं. १९१० को जंगबहादुर कुँवरको पहिलो मुलुकी ऐन र त्यसपछिका बन्दै गरेका सामाजिक प्रतिबन्धहरुले बिबाहजस्तो जैविक आवश्यकताको कुरालाई पनि जातमा परिणत गर्दै लगे । यसैको फलस्वरुप कसले को संग बिबाह गर्ने, को संग बिबाह ग¥यो भने कस्तो सजायँ हुने भन्ने कुराहरु कानुनको रुपमा आए । अन्तरजातीय बिबाह बिरुद्ध कठोर कानुनहरु बने । हो, तिनै कठोर कानुनहरु राजा महेन्द्रको नयाँ मुलुकी ऐन, ४८ सालको कथित जनपक्षीय संबिधान र ६८ सालको जातीय कसुर तथा सजायँ ऐन लागु हुँदा समेत जातीय विभेदका स्वरुपहरु जस्ताको तस्तै छन् ।
राजनैतिक सत्ता मात्र परिवर्तन भएर केही नहुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण तत्कालिन फोक्सिङ्ग र रुकुममा घटनाहरुले छर्लङ्ग भएको छ । एकाध बिबाह, माया प्रेमका घटनाहरु सफल भएका छन् भन्दैमा प्रेम बिबाह र मायाप्रेम सफल भएका छन् भनेर भन्न सकिने अवस्था रहेको छैन । घरजम भयो भन्दैमा, ढेगभेट दिएभन्दैमा, जायजन्म र घरमाइत आइजाइ भयो भन्दैमा अन्तरजातीय बिबाहलाई सफल मान्न सकिन्न ।
सफलताको परिभाषा समग्रतामा गर्नुपर्ने हुन्छ । केटाको घरले, केटीको माइतीले भित्र्याए वा ढोगभेट दिएभन्दैमा यस्तो किसिमको बिबाह सफलताको सूचिमा पर्न सक्दैन । सफलताको प्रत्याभूत त तब हुन्छ, जब ती बैबाहिक जोडीको, उनीहरुबाट भएका सन्तानहरुको सामाजिक स्वीकार्यताको सिमारेखा कोरिन्छ । सन्तानहरु मामा घरमात्र गएर भएन, मामाघर तर्फका आफन्तहरुको हर सामाजिक, हर धार्मिक, हर सांस्कृतक तथा सामाजिक कार्यक्रममा मनमा कुनै सन्देह नबोकेर सामेल हुनसक्ने परिस्थिको सिर्जना हुनु प¥यो ।
संक्षेपमा भन्नु पर्दा अन्तरजातीय प्रेम र बिबाह सफलताको सूचिमा समावेस हुन लायक अवस्थाको सिर्जना भएको छैन । यसो भन्दैमा के आजको २१ औं सताब्दीको समयमा पनि यसलाई असफलताको अदृष्यभयको हौवा खडा गर्दै इन्कार मात्र गरिहने त ? यो भने हुन सक्दैन । समाज रुपान्तरको यो एक प्रकारको प्रशव पीडा हो । यो प्रशव पीडाले नयाँ संस्कृतिको जन्म पक्कै पनि दिने छ । संस्कृतिको सो नवअंकुरलाई मलजल गर्ने कार्य भने राज्यसत्ताका हो ।
कैफियत यहि निर छ । त्यो कैफियत भनेको सत्ता कसको हातमा रहेको छ भन्ने हो । बिडम्बना आजको सत्ता कथित कम्युनिष्टको नामका ब्रह्माणवादी शासकहरुको हातमा छ । यसै कारणले पनि अन्तरजातीय माया, प्रेम र बिबाहको पबित्रताले भेरी नदीमा बगिरहनु परेको छ ।
२०७७ जेष्ठ १९

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑