• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 29, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण


सुभाय् संवाददाता September 8, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : २७ मिनेट

नुवाकोट /बाढी तथा प्राकृतिक विपद प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले अखिल नेपाल भिक्षु महासंघको संयोजनमा नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत वितरण गरिएको छ।

अखिल नेपाल भिक्षु महासंघको संयोजनमा  थाइल्याण्डस्थित Helping Hands, Buddha Dhammalaya Phuket, Thailand ,  नेपालका विभिन्न बिहार तथा दानीदाताहरूको सहयोगमा बिदुर, देवीघाट र कोलोनिमा रहेको सिविरमा  बाढीपीडित तथा प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरिएको हो।

 

 ,

राहत अभियान अन्तर्गत प्रभावित परिवारलाई भान्छाका सामान ,लत्ताकपडा, औषधिलगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू वितरण गरिएको थियो। बाढीपछि दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको आयोजकले जनाएको छ।

राहत वितरण कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका कार्यकारी सदस्यहरू भिक्षु मेधंकर स्थविर, महानाम स्थविर, पियरत्न स्थविर तथा उत्तमो स्थविर लगायत अन्य भिक्षुहरूको समेत सक्रिय सहभागिता रहेको थियो। राहत सामग्री संकलन, व्यवस्थापन तथा वितरण कार्यमा भिक्षु संघले  महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ।

पीडामा परेका नागरिकलाई थोरै भए पनि राहत र आत्मबल प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न दानीदाताको सहयोगसमेत रहेको थियो। सहयोगस्वरूप प्राप्त सामग्रीलाई आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्‍याइएको थियो।

यसैगरी थाइल्याण्डस्थित Helping Hands  तथा Dhammakaya Center Thailand ले पनि नेपालका बाढीपीडित क्षेत्रमा राहत वितरण गर्नुका साथै विभिन्न सामाजिक तथा आध्यात्मिक कार्यमा सहयोग र सहभागिता जनाउँदै आएका छन्।

राहत तथा मानवीय सेवा अभियानमा थाइल्याण्डबाट आएका विशिष्ट बौद्ध भिक्षुहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा थाइ धम्मदूत संघ भारत नेपालका प्रमुख  फ्रा व्रम्हबजिर बोधिवंश महास्थविर , राजकीय थाइ बिहार थाइल्याण्ड–लुम्बिनीका प्रमुख  सुपोथ महास्थविर तथा थाइ धम्मदूत संघ नेपालका प्रमुख  थावरो महास्थविर ,अखिल नेपाल भिक्षु महासंघका पूर्व सचिव भिक्षु निग्रोध महास्थविरलगायतको सहभागिता रहेको थियो।

 नेपाली भिक्षुहरू तथा विभिन्न देशबाट आएका विदेशी भिक्षुहरूको समेत सहभागिता रहेको  कार्यक्रममा बौद्ध धर्मले प्रतिपादन गरेको करुणा, मैत्री र सेवाको भावनालाई व्यवहारमा उतार्दै सञ्चालन गरिएको अभियानले विपद्को कठिन घडीमा पीडित नागरिकप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध समुदायको ऐक्यबद्धता प्रस्तुत गरेको  छ।

 

“तपाईंको थोरै सहयोगले पीडामा परेकाहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ,” भन्ने मानवीय भावनाका साथ सञ्चालन गरिएको यस अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण दानीदाता, सहयोगी संस्था तथा राहत वितरण कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खटिनुहुने सबैप्रति आयोजकले हार्दिक कृतज्ञता तथा धेरै धेरै साधुवाद व्यक्त गरेको छ।

मानवीय सेवा, करुणा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त राहत अभियानले विपद्को समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध समुदायबीचको सहकार्य र ऐक्यबद्धतालाई समेत उजागर गरेको छ।

“बाढीपीडित नागरिकको पीडामा केही भए पनि राहत पुर्‍याउने उद्देश्यले संस्थाले राहत सामग्रीसहित सहयोग अभियान सञ्चालन गरेको हो ” , राहत वितरण कार्यमा सहभागी भिक्षु मेधंकर स्थविरले बताए ।

VIDEO LINK

सम्बन्धित पोस्ट
  • वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग
  • अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)
  • सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    सुभाय् पोस्ट बिशेष

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑