• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 30, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण


सुभाय् संवाददाता September 10, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १७ मिनेट

त्रिशूली, भदौ २३ / भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित त्रिशूली क्षेत्रका बाढीपीडित परिवारलाई अखिल नेपाल भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण गरिएको छ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा विभिन्न सहयोगी दाता र दातृ बौद्ध संघ–संस्थाको सहयोगमा भिक्षु उत्तमको नेतृत्वमा गएको टोलीले त्रिशूलीको पुरानो ऐतिहासिक बजारस्थित बाढीपीडित आश्रयस्थलमा रहेका १०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।

राहतमा प्रेसर कुकर, कराही, थाल, चम्चा, पन्यु, चपिङ बोर्ड, चक्कु, पानीका जार, ब्ल्याङ्केट, लाइट, भित्री कपडा, तन्ना, रुमाल, औषधि तथा विभिन्न कपडालगायतका सामग्री वितरण गरिएको थियो।

राहत अभियानमा बुद्ध धर्मालय, फुकेत, थाइल्यान्ड लगायत विभिन्न बौद्ध संस्था तथा सहयोगी दाताहरूको साथ र सहयोग रहेको आयोजकले जनाएको छ।

यसै क्रममा त्रिशूलीमा खानेपानीको समस्या समाधानका लागि बुद्ध धर्म संघ जूम पुचःले करिब ३ हजार मिटर लामो र १ इन्चको पानीको पाइप सहयोग गरेको छ। त्रिशूलीमा खानेपानीका लागि पाइप आवश्यक रहेको जानकारी स्थानीय बासिन्दा श्रेष्ठ नवयुगबाट प्राप्त भएपछि उक्त सहयोग जुटाइएको जनाइएको छ।

Trishuli bajar before flash flood

\

बुद्ध धर्म संघ जूम पुचःमार्फत संकलित सहयोग रकममध्ये विश्व शान्ति विहार र थाइ धर्मदूतबाट त्रिशूलीमा भएको राहत वितरण कार्यक्रममा तथा सम्मादिट्ठि पुचःबाट रसुवामा गरिएको राहत वितरण कार्यक्रममा समेत सहभागिता जनाइएको भिक्षु बोधिज्ञान महास्थविरले जानकारी दिएका छन्।

राहत अभियानको नेतृत्व गरिरहेका अखिल नेपाल भिक्षु महासंघका कार्यकारी सदस्य भिक्षु उत्तमका अनुसार, भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण त्रिशूलीसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीका कारण सडक तथा पुलहरू बगेर आवागमन अवरुद्ध भएपछि राहत टोलीले लामो वैकल्पिक बाटो प्रयोग गर्दै करिब ६ देखि ९ घण्टाको यात्रा गरेर प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको भिक्षु उत्तमले बताए।

राहत वितरणका क्रममा पीडित परिवारको मुहारमा देखिएको खुसी र मुस्कानले आफूहरूलाई थप उत्साहित बनाएको राहत टोलीले जनाएको छ।

त्रिशूली बाढीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना तथा बाढी प्रभावितहरूको जीवनमा साहस र शान्तिको कामना गर्दै भिक्षु संघले मैत्री सूत्र पाठ गरेको थियो।

राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, बौद्ध संघ–संस्था तथा सहयोगी महानुभावप्रति आयोजकले आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् प्रभावित समुदायका लागि मानवीय सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

VIDEO LINK

 

सम्बन्धित पोस्ट
  • जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान
  • सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने
  • वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग
  • अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    सुभाय् पोस्ट बिशेष

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑