• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 01, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता


सुभाय् संवाददाता September 9, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : ४० मिनेट

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालले हालै भोगेको भोटेकोशीको विनाशकारी बाढी सम्पूर्ण विश्वकै लागि जलवायु परिवर्तनको गम्भीर चेतावनी र महत्वपूर्ण पाठ भएको बताएका छन्।

मन्त्री श्रेष्ठले आज मन्त्रालयमा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS) का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरसहितको उच्चस्तरीय विज्ञ टोलीसँग भेटवार्ता गर्दै भोटेकोशी बाढीबाट भएको क्षति तथा भविष्यको पुनर्निर्माण रणनीतिबारे गम्भीर छलफल गरेका हुन्।

भेटका क्रममा भोटेकोशी क्षेत्रमा भएको मानवीय, भौतिक तथा पूर्वाधार क्षतिको समीक्षा गर्नुका साथै भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने दीर्घकालीन रणनीतिबारे समेत छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

UNOPS को विज्ञ टोलीले नेपालका आगामी विकास निर्माणका योजनामा ‘Build Back Better’ अर्थात् विपद्–प्रतिरोधी तथा अझ सुरक्षित पूर्वाधार निर्माणको अवधारणा अवलम्बन गर्न सुझाव दिएको छ।

त्यसैगरी, बाढीबाट प्रभावित त्रिशूली करिडोरको एकीकृत तथा दिगो पुनर्निर्माण योजना निर्माणका लागि आवश्यक प्राविधिक तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन UNOPS टोलीले प्रतिबद्धता जनाएको बताइएको छ।

मन्त्री श्रेष्ठले नेपालका जलस्रोत तथा पूर्वाधारलाई जलवायुमैत्री, सुरक्षित र विपद् प्रतिरोधी बनाउने अभियानमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

“नेपालले भोगेको यो विपद् केवल नेपालको समस्या मात्र होइन, विश्वव्यापी जलवायु परिवर्तनले निम्त्याउन सक्ने जोखिमको एउटा गम्भीर संकेत पनि हो,” मन्त्री श्रेष्ठको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ।

उनले एकीकृत र दिगो विकासको यात्रामा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग, प्राविधिक सहकार्य र ऐक्यबद्धताप्रति UNOPS टोलीलाई धन्यवादसमेत व्यक्त गरेका छन्।

भोटेकोशी हुँदै त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माण, सुरक्षित पूर्वाधार निर्माण तथा दीर्घकालीन विपद् व्यवस्थापनका विषयमा सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारबीच सहकार्य बढिरहेको छ।

सम्बन्धित पोस्ट
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    सुभाय् पोस्ट बिशेष

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑