• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 28, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम


सुभाय् संवाददाता September 7, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतहरूको चीरशान्ति तथा सुगतिको कामनासहित बौद्धनाथ परिसरमा दीपदान कार्यक्रम सम्पन्न गरेको छ।

विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परामा दिवंगत व्यक्तिहरूको चीरशान्ति र सुगतिको कामना गर्दै दीप प्रज्ज्वलन गर्ने प्रचलन रहिआएको छ, जसलाई दीपदानका रूपमा समेत लिइन्छ। सोही मानवीय संवेदना र श्रद्धाको भावनासँग जोडिएको उक्त कार्यक्रममा बाढी तथा विपद्मा परी ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको थियो।

कार्यक्रमको प्रारम्भमा दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित नागरिकहरूको स्वास्थ्य र सुरक्षाको कामना समेत गरिएको थियो।

 

दीपदान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्य, काठमाडौं क्षेत्रनं. ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डे, काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुनिल के.सी. तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्र बज्राचार्यलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, कार्यक्रममा रास्वपाका विभिन्न तहका नेता तथा कार्यकर्ता, स्थानीयवासी एवं उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।

विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला समितिले विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता र मानवीय संवेदना प्रकट गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।

रसुवा–भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने उद्देश्यले आयोजित उक्त दीपदान कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला समितिको आयोजनामा तथा काठमाडौं क्षेत्र नं. ३ को संयोजनमा सम्पन्न भएको हो।

सम्बन्धित पोस्ट
  • वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग
  • अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)
  • सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    सुभाय् पोस्ट बिशेष

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑