• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

रुपन्देही घटना : मानसिक रोगले निम्त्याएको दुखद परिणाम


सुभाय् संवाददाताJune 9, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोपाल ढकाल (मनोविद् ) 

रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो कसुर स्बिकार गरिसकेका छन । उनिहरुले आफुलाई दुख दिएकोले मार्नु परेको बयानको क्रममा भनेका छन।
कडा खालको मानसिक रोगी वा लागू प्रदार्थको दुर्ब्यसनीमा आफू असुरक्षित छु, मलाई कसैले मार्न खोज्दैछ वा आफू माथी षडयन्त्र हुदैछ वा कसैले आफुलाई दुख दिन खोज्दैछ भन्ने जस्ता सोचाईमा भ्रम हुन्छ । जसको कारण अरु वा आफैलाई पनि हानी नोक्सानी पुर्‍याउन सक्छ ।

स्थानीयका अनुसार सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । हत्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
आरोपित ब्यक्तिको मानसिक स्बास्थ्य अबस्था ठिक नभएको अबस्थामा समाजमा कहिलेकाहीँ यस्ता अकल्पनीय र दुखद घटनाहरु दुखद घटना हुन पुग्छन ।
केही समय अगाडि मात्र बेलबारीमा यस्तै दुखद घटना भएको थियो ।
एक ३१ बर्षिय जीवन लिम्बू नामका ब्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको
ह त्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर बीभत्स तरिकाले आत्महत्या गरेका थिए।
उनी जाँड रक्सिको दुर्ब्यसनी तथा मानसिक रोगी थिए।

बेला बेलामा मानसिक रोगका कारण यस्ता दुखद घटना हुँदा ” मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाधेर राख्नु पर्छ ” भन्ने धारण आम मानिसहरुमा पाईन्छ । मानसिक सन्तुलन गुमाएको ब्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुदैनन् ।

नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाईमा हुने मतिभ्रम (Delussion), हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवस यदा कदा यस्ता घटना घटने पनि गरेका छन ।
विशेष गरि जाँड रक्सि तथा लागूको दुरब्यसनी , तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया , अति रिस उठने रोग, डिलेरियम , डिमेन्सिया जस्ता रोगमा बिरामी कहिले काहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्छ।

उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दुख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन् । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन। अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुदैन ।

मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्‍याउनुपर्छ । बिरामीले अरुलाई मात्र होईन आफुलाई पनि खतरामा पर्न सक्छ ।

मानसिक रोगिसँग व्यवहार गर्दा ध्यान दिनुपर्ने कुराः
१) कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान हुदैन । यस्तो अबस्थामा घर परिवारका सदस्यले फकाई फुल्याईकन अस्पताल लैजानुपर्छ ।

२) उनीहरुसँग विवाद गर्ने , झर्को फर्को गर्ने गर्नु हुँदैन् । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।

३) बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।

४) उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नुहुँदैन् ।

५) मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिले वस्तु, डोरी लगायतका सामान राख्नु हुँदैन् ।

६) विरामी उत्तेजित भएका बेला रेडियो, टिभि बन्द गर्नुपर्छ ।

७) आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।
८) मानसिक रोगले जाँड , रक्सी , लागु प्रदार्थको सेबन गरेमा दुर्घटनाको जोखिम अझ बढने हुँदा बिशेष सतर्कता अपनाउनुपर्छ।

(लेखक मनोविद हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन ।)

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑