Maharjan Ratna
लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो
Maharjan Ratna
रन्जना श्रेष्ठ -विश्व सम्पदास्थल लुम्बिनीलाई युनेस्कोको सम्भावित खतराको सूचीबाट हटाइएको छ। फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औँ सत्रले लुम्बिनीमा भइरहेका संरक्षण तथा सुधारका कामहरूको मूल्याङ्कन गर्दै एक वर्षका लागि यसलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो। बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो। युनेस्कोले लुम्बिनीको समग्र अवस्था बुझ्नका लागि ‘रियाक्टिभ मनिटरिङ मिसन’ पठाउने निर्णय पनि गरेको छ। यस मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधारमा आगामी वर्ष लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने भन्नेबारे पुनः निर्णय गरिने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक





