Maharjan Ratna
साँखुमा सञ्चालित पत्रकारिता तालिम अन्तिम चरणमा
Maharjan Ratna
रवि श्रेष्ठ,शंखरापुर, साँखु / नेपाल प्रेस युनियन साँखु शाखाद्वारा आयोजित सातदिने पत्रकारिता तालिम कार्यक्रम अन्तिम चरणमा पुगेको छ। पत्रकारहरूको क्षमता अभिवृद्धि, आधुनिक सञ्चार प्रविधिको प्रयोग, पत्रकारिताको नैतिकता, तथ्यमा आधारित समाचार लेखन तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगसम्बन्धी विषयवस्तुमा केन्द्रित तालिम असार ७ गतेदेखि शंखरापुर–७ स्थित समरा गार्डेन, देदबुचामा सञ्चालन भइरहेको हो।आज सम्पन्न छैठौं दिनको सत्रमा प्रेस युनियन केन्द्रका उपाध्यक्ष तथा प्रविधि विज्ञ जीवन भण्डारीले “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग” विषयमा प्रशिक्षण दिएका थिए। उनले समाचार संकलन, विश्लेषण, प्रस्तुति र सम्पादनको क्रममा AI को व्यावहारिक प्रयोगबारे उदाहरणसहित प्रशिक्षण दिएका थिए।तालिममा





