• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 06, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान,


सुभाय् संवाददाता June 25, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४५ मिनेट
गायक दीप श्रेष्ठलाई दीर्घ साधना सम्मान; ८ जना वरिष्ठ स्रष्टालाई पुरस्कार
काठमाडौं, २०८१ असार ११ गते, बुधबार/नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आज राष्ट्रपति रामचन्द्र पौडेलका हातबाट वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मान-२०८१’ र आठ जना अन्य वरिष्ठ स्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१’ ले सम्मानित गरेको छ। बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रम आयोजना गरी सम्मान अर्पण गरियो।
कला र संस्कृतिको महत्त्वमा राष्ट्रपतिको जोड
पुरस्कार समर्पण गर्ने क्रममा राष्ट्रपति पौडेलले प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदान गरिएको सम्मान स्रष्टाहरूको दीर्घकालीन साधना, समर्पण र सिर्जनशीलताको प्रतीक भएको बताए। उनले सङ्गीत र कलालाई केवल मनोरञ्जनको माध्यम मात्र नभई चेतना र संस्कारको संवाहकको रूपमा चित्रण गरे। सङ्गीत र नाट्यको माध्यमबाट संवेदनाको उजागर हुने, विचार सुसंस्कृत हुने र समाजलाई सकारात्मक रूपान्तरणको बाटोमा अग्रसर गराउने विचार पनि राष्ट्रपतिले व्यक्त गरे। नेपाल जातजाति र सामुदायिक विविधताले सम्पन्न भएकाले सांस्कृतिक र नाट्य रूपमा विश्व चिन्तनको एक केन्द्र बन्ने गरी राज्य अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।
पुरस्कारले स्रष्टालाई थप प्रेरित गर्ने: मन्त्री पाण्डे
समारोहका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत स्रष्टाहरूलाई बधाई तथा शुभकामना दिए। उनले पुरस्कारले पुरस्कृत स्रष्टाहरूको विगतको योगदानको सम्मान गर्दै थप विकास र प्रगतिका लागि प्रेरित गर्ने र नयाँ पुस्तालाई सङ्गीत तथा नाट्य लगायतका अभौतिक संस्कृति हस्तान्तरण गर्दै प्रोत्साहित गर्ने पनि बताए। मन्त्री पाण्डेले प्रज्ञा-प्रतिष्ठानले प्रदान गरेको पुरस्कार सबै दृष्टिकोणबाट समावेशी भएकाले सिङ्गै राष्ट्र नै पुरस्कृत भएको अनुभूति व्यक्त गरे।
राष्ट्रिय एकतामा सांस्कृतिकर्मीको भूमिका: कुलपति शर्मा
प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले विविधतापूर्ण एकता नै नेपाली समाजको विशेषता भएकाले त्यसलाई सुदृढ गर्न र राष्ट्रिय एकता तथा अखण्डतालाई मजबुत बनाउन सांस्कृतिकर्मीको ठूलो भूमिका हुने बताइन्। कला-संस्कृतिका संवाहक कलाकर्मीलाई प्रोत्साहित गर्नु, दीर्घ साधक र स्रष्टाका योगदानलाई कदर गर्नु राज्यको दायित्त्व महसुस गरी प्रज्ञा-प्रतिष्ठानले २०७१ सालबाट स्रष्टाहरूलाई पुरस्कृत गर्ने परम्परा सुरु गरेको उनले स्मरण गराइन्। कुलपति शर्माले यसअघि ६ विधामा ६ जना स्रष्टालाई पुरस्कृत गर्दै आएकोमा यसै वर्षदेखि वाद्यवादन विधा र खोज अनुसन्धान विधामा एक-एक जना र सङ्गीत र नाट्य विधामा आजीवन योगदान दिने एक वरिष्ठ स्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मान’ प्रदान गर्न थालिएको पनि स्पष्ट पारिन्।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भू राईले कलाकारको निरन्तर साधना र सृजनाले नै कलालाई जीवन्त बनाउने भएकाले कलाकारलाई सम्मान आवश्यक भएको बताए।
सम्मानित हुने स्रष्टाहरू
यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१’ बाट सम्मानित हुनेहरूमा:
सङ्गीत विधा: वरिष्ठ गायिका कुन्ती मोक्तान
रङ्गमञ्च विधा: वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा
परम्परागत तथा शास्त्रीय सङ्गीत विधा: वरिष्ठ सङ्गीतज्ञ कुशेश्वरप्रसाद राई
लोकसङ्गीत विधा: वरिष्ठ लोकगायक नारायण रायमाझी
नाट्य विधा: वरिष्ठ नाटककार वेदकुमारी न्यौपाने
नृत्य विधा: वरिष्ठ नृत्य निर्देशक भूवनदास श्रेष्ठ
खोज अनुसन्धान विधा: कृष्णप्रसाद पौडेल ‘नृत्यानन्द’
वाद्यवादन विधा: वरिष्ठ तबलावादक राजु अग्रवाल
राष्ट्रिय प्रज्ञा-पुरस्कारको राशि एक लाख एक रुपैयाँ र ताम्रपत्र तथा दीर्घ साधना सम्मानको दुई लाख एक रुपैयाँ र ताम्रपत्र रहेको कार्यक्रमका सहजकर्ता तथा प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ ले बताइन्।
कार्यक्रममा पुरस्कृत स्रष्टाका ताम्रपत्र प्राज्ञ परिषद् सदस्य र प्राज्ञसभा सदस्यबाट वाचन गरिएको थियो भने राष्ट्रपतिको आग्रहमा पुरस्कृत स्रष्टा कुन्ती मोक्तानले आफ्ना दुई गायिका छोरी सुवानी मोक्तान र शीतल मोक्तानका साथ ‘कोही भन्छन् जिन्दगी यो…’ बोलको गीत समेत मञ्चमा बेजोड रूपमा प्रस्तुत गरिन्।
सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑