Maharjan Ratna
२,९४६ परीक्षणमा १७१ जना संक्रमित
Maharjan Ratna
काठमाडौं / नेपालमा कोरोना भाइरसका १,७१ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २,९४६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १७१ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या २,७१,२८९ जना पुगेको जनाएको छ । अहिलेसम्म २० लाख ७८ हजार ९८ वटा पीसीआर परीक्षण भइसकेको छ ।
जुनकिरीको कथा. ….!
Maharjan Ratna
धेरै बर्ष अघिको कथा हो यो । त्यो बेला सडकमा ट्रक हैन लरी मात्र गुड्थे, भक्तपुर मिनिबसहरुले मात्र जोड्थे , टेम्पुहरुले नक्साल-बालाजु -पाटनढोका र महाराजगंज मात्र चिन्थे , बाँकी गन्तब्यहरु पदचापहरुले चुपचाप नाप्थे । हाम्रो देवाली ( दे:पुजा ) सहर भन्दा धेरै टाढा, लैनचौर, राजदरबारको उत्तर ढोकाको नि उत्तर भिरालो चौर भएको ठाउँमा थियो । दे:पुजा हामी जस्ता भाराभुरीको लागि स्कुल छुट्टी अनि पिकनिक हुन्थ्यो । बिहानै देवता राख्ने खट लिएर जान लरी मरु डबलीको शोभा बढाउँथ्यो । बिहानै जब म्वायलीको आवाज ( एक प्रकारको सहनाई ) गुन्जिंथ्यो, त्यो जानाउ





