• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

माओकी पत्नीलाई यसरी दिइयो मृत्युदण्ड


सुभाय् संवाददाताJanuary 19, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

 

राजेन्द्र स्थापित

उदास दिन, उत्तरबाट हावा बग्न थाल्यो
बाक्लो शीत रसाउन थाल्यो, मासु र हड्डी हुँदै
सम्झिरा’छु टाढा पुगेको त्यो मान्छेलाई
अनायास साम्य मनमा लहर उठ्न थाल्यो ।
खुट्टाको कष्ट निको भयो ?
चिसोमा लगाउने लुगा तयार भयो ?
कसले हेरविचार गरिरा’छ, जब तिमी एक्लै सुत्छौ ?
के तिमी पनि एक्लो र दुःखी छौं, जस्तो म छु ?

धेरै भो कुनै पत्र कसैमार्फत नआएको
म सोध्छु तर कोही जवाफ दिँदैनन्
म चाहन्छु यदि मेरोमा पखेटा भएको भए
उडेर हेर्न पुग्थें टाढा पुगेको त्यो मान्छेलाई ।
अफसोस, उसलाई देख्न असमर्थ छु,
दुःख, यो कहिल्यै अन्त्य नहुने…।
चिनियाँ नेता माओ त्सेतुङकी पत्नी याङ काइहुइले पार्टी र क्रान्तिको सिलसिलामा टाढा पुगेका र लामो समयसम्म भेट्न नपाएका आफ्ना पतिलाई लेखेको पत्र हो यो । माओको हातमा नपरेको यो पत्र याङले सन् १९२८ को अक्टोबरमा लेखेकी थिइन् । आफूले एकपछि अर्को पत्र पठाएको तर उताबाट जवाफ आउन छाडेपछि उनी एकदम विरक्त बनेकी थिइन् । लोग्नेले आफूबाट खुशी नभएको, आफूहरुको जीवनमा तिक्तता भएको र कतै परित्यागै गर्न खोजेको त हैन ? भन्ने आशंका गर्न थालेकी थिइन् । यो पत्र लेख्नु चार महिनाअगाडि जुनमा उनले भाइलाई माओ कार्यरत क्षेत्रमा पठाइन् । माओलाई खुट्टाले कष्ट दिइरहेकोमा उनी साह्रै चिन्तित थिइन् । टाढाको भाइमार्फत उनले टुसा उमारेको गेडागुडी राखेर पकाएको खुर्सानीको झोलको एक जग पनि पठाएकी थिइन् । यो खानाको परिकार माओलाई खुब मन पथ्र्यो । जब अक्टोबर लाग्यो र चिसो बढ्यो, पत्र नलेखी बसिरहन सकिनन् याङ ।
लोग्नेसँगको लामो बिछोडका कारण अत्यन्त दुःखी बन्दै गएकी र सकीनसकी तीन छोरालाई हुर्काउँदै क्रान्तिमा सक्रिय उनले केही समयपछि फेरि अर्को पत्र लेखिन् । माओ क्रान्तिमा होमिएकाले पत्नी र छोराहरुको निम्ति समय निकाल्न नसकेको याङलाई राम्रोसँग थाहा थियो । यसको बाबजुद माओ रंगीन स्वभावको भएको र विधवा शिक्षिका सी युङलगायत अन्य दुई–तीन जना युवतीहरुसित पनि नजिकको सम्बन्ध राख्ने गरेको खबर पनि पाइसकेकी थिइन् । त्योभन्दा पनि महत्वपूर्ण कुरो सन् १९२८ मा माओले आफूसँगै क्रान्तिमा होमिएकी युवती हे छिछेनसँग बिहे गरिसकेका थिए र सन् १९२९ मा हेले छोरी (माओ जिह्वा) समेत पाइसकेकी थिइन् । यो सबै खबर याङले पाइसकेकी थिइन् । यसको बाबजुद पनि माओलाई गहिरो प्रेम गर्थिन् । केही दिनकै लागि मात्र भए पनि माओ आफूहरु बस्दै आएको बानमाङ फर्कुन् भन्ने आशा गर्थिन् । त्यसैले उनले सन् १९२९ को मे १६ मा अर्को पत्र लेखिन् । भाइमार्फत पठाइन्–
तिमी अझै मेरो अति प्रिय मायालु हौ
कृपया फर्क, फर्क ।
म देख्न सक्छु, बृद्ध मुटु आगोले जलिरहेको छ,
दुःखद् बिछोड, एक क्रिस्टलीकरण, ठण्डा व्यथा, एकांगीपन
पहिलाको भन्दा धेरै धुमिल हुँदै गइरहेको छ,
म कसरी आशा गर्न सक्छु कि तिमी सन्देश लिएर आउनेछौ भनेर
यो मुटुको कसरी तुलना गर्नु, जल्दै गरेको आगोसित ?
कृपया, फर्क, फर्क !
पत्र बुझाएर फर्केका भाइले उनलाई भने कि माओ पार्टी कामको सिलसिलामा सांघाई जाँदैछन् । यो खबर सुनेर याङ प्रसन्न भइन् । माओसँग भेट्न पाइने भयो भनेर दंग परिन् । लगत्तै भाइलाई पत्र लेखेर ‘यो खबरबाट आफू धेरै खुशी भएको’ सन्देशसमेत पठाइन् । तर, अन्तिमसम्म पनि परिवारको पुनर्मिलन हुन सकेन । त्यसो त माओ पनि याङलाई औधी माया गर्थे । याङलाई सम्झेर सन् १९५८ मा कवितासमेत लेखेका थिए । जबकि त्यसबेला उनी चियाङ चिङसँग बस्थे । हे छिछेनलाई समेत छाडिसकेको अवस्था थियो । हेलाई भेट्नुअगाडि उनी याङलाई सम्झेको सम्झ्यै गर्थे । एकपटक निदाउन नसकेपछि पत्नीलाई सम्झेर यस्तो लेखे–
विरहको चाङ तकियामाथि, के हो तिम्रो रुप ?
नदीको, समुद्रको छालजत्तिकै अन्त्यहीन मन्थन,
कति लामो रात, कति अन्धकार आकाश !
कहिले पो उज्यालो हुने हो ?
बिना आराम म बसिरा’छु, गाउन कुमबाट झरिसकेको छ,
त्यो पनि यस्तो चिसोमा
कहिले मिर्मिरे उज्यालो हुने हो, आखिर
मात्र खरानी बाँकी छ, मेरो सयौं सोचको…।
उता बान्काङमा नवजात शिशुलाई आमाको सहारामा छाडी याङ पार्टीको काममा लाग्थिन् । किसानहरुलाई गोलबन्द गर्थिन् । क्रान्तिका लागि तयार पार्थिन् । घर फर्किंदा एकदम थकित भइसकेकी हुन्थिन् । एक्लोपन महसुस गर्थिन् । अनि लोग्नेलाई सम्झेर बस्थिन् । एकपटक उनले यस्तो लेखिन्–
म उसलाई सयौं चुम्बन गर्छु,
उसको आँखामा, उसको ओंठमा
उसको गालामा, उसको निधारमा
उसको टाउकोमा ।
ऊ मेरो हो, मेरै हो ।
शुरुशुरुमा माओले याङलाई पत्रमा पार्टी र क्रान्तिबारे लामो कुरा लेख्थे र याङ माओको पत्र पढेर बढी उत्साहित हु“दै क्रान्तिमा होमिन्थिन् । यद्यपि, कतिपय कारणले पति–पत्नीबीच पछि पत्र आदानप्रदान हुन सकेन । यसका बाबजुद याङ पार्टी काममा लाग्न छाडिनन् । चाङशा, पिङजियाङ र सियाङयिनको साझा सिमानामा सक्रिय हुँदै गइन् । उनको नेतृत्वमा चालिएको अभियान एकपछि अर्को सफल हुँदै गएपछि च्याङ काइसकेको सरकार आत्तियो र गिरफ्तारीको लागि सूचना दिनेलाई एक हजार युआन इनाम दिने घोषणा ग¥यो । यसको बाबजुद याङ डटेर काममा लागिरहिन् तर सन् १९३० अक्टोबरको मध्यरात प्रहरी उनको घरमा पस्यो । जेलमा उनलाई ठूलो यातना दिइयो । माओसित सम्बन्धबिच्छेद गर्ने, माओसम्बन्धी सूचना दिने र माओको क्रान्तिकारी कामको भत्सर्ना गर्ने शर्तमा रिहा गर्ने भनियो तर याङ प्रहरीको कुनै शर्त मान्न तयार भइनन् । नतिजा, अदालतले उनलाई मृत्युदण्ड दिने फैसला सुनायो । सन् १९३० को नोभम्बरमा चाङ्शा शहरको सिजिलिङमा उनलाई फाँसी दिइयो । त्यो बेला याङ २९ वर्षकी थिइन् । उनका ९, ७ र अढाइ वर्षका तीन छोरा थिए ।
याङ चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो महिला सदस्य हुन् । पार्टीको प्रथम महिला सदस्य थिइन्– शिक्षिका मियाओ वोमिङ । याङ सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको गठनलगत्तै हुनान प्रान्तको चाङ्शामा गठित कमिटीमा सामेल भएकी थिइन् । माओ र याङ पहिल्यैदेखि परिचित थिए । पहिलो भेटमै एकअर्कालाई मन नपराए पनि याङको घरमा गइरहने माओ र उनको प्रेम भयो । त्यसबेला नै दुवै माक्र्सवादबाट शिक्षित भइसकेका थिए । सिद्धान्त, क्रान्तिसम्बन्धी छलफल गर्थे । कहिलेकाहीं साँझ नदी किनारमा घुम्न जान्थे, माओ पौडी खेल्न मन पराउँथे । सँगैको बसाइ, सँगैको हिँडाइकै क्रममा दुवै जना एकदम नजिकिसकेको दुवैले चालसम्म पाएनन् । तर सन् १९२० डिसेम्बरको एक दिन १९ वर्षीया याङले लुगा पोको पारेर घर छाडिन् र आफूभन्दा ८ वर्ष जेठा माओसँग बस्न गइन् । उनीहरुबीच कुनै औपचारिक बिहे कार्यक्रम भएन तर निकटका मित्रहरुले ६ सिल्भर डलर खर्च गरी आयोजना गरेको कार्यक्रममा भने भाग लिए ।
पतिपत्नी बनिसकेपछि दुवै क्रान्तिकारी काममा सक्रिय बने । माओ पार्टी काममा कहिले कता, कहिले कता खटिएका हुन्थे । १० वर्षको दाम्पत्य जीवनमा दुवै धेरै समय सँगै बस्न पाएनन् । यद्यपि माओ कहिले याङ बसेको ठाउँमा पुग्थे त कहिले आफू बसेकै ठाउँमा बोलाउँथे तर सन् १९२७ को अगस्तमा माओले वान्काङ छाडेपछि फेरि उनीहरुको भेट भएन । याङलाई फाँसी दिइएको खबर माओले पार्टीमार्फत प्राप्त गरेका थिए ।
(सन्दर्भ: २६ डिसेम्बर माओ जयन्ती) साभार

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑