Maharjan Ratna
नेपालमण्डल टेलिभिजनमा पुन: रमेश महर्जन
Maharjan Ratna
काठमाडाैं। नेपालको पहिलो मातृभाषाको टेलिभिजन नेपालमण्डल टेलिभिजनको अध्यक्षमा रमेश महर्जन पुन: सर्वसम्मत निर्वाचित भएका छन्। ललितपुरको भोलधोखास्थित ज्यापूसमाजको भवनमा शनिबार सम्पन्न भएको नेपालमण्डल टेलिभिजनको ९ औं साधारणसभाले महर्जनलाई चार वर्षको कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो। यो उनको टेलिभिजन अध्यक्षमा दोश्रो कार्यकाल हो । साधारण सभाले सञ्चालक समितिका सदस्यहरूमा उद्योगपतिहरू पद्म ज्योति, दिपक श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, मंगल महर्जन, कुमारराजा महर्जन, सिल्भिया राजोपाध्याय, नातिभाइ महर्जन र शर्मिला महर्जन पनि सर्वसम्मतले चयन गरेको छ। नवनिर्वाचित अध्यक्ष महर्जनले आगामी कार्यकालमा नेपालमण्डल टेलिभिजनले देश भित्रको मात्र नभएर विदेशमा रहेका संघसस्थाहरूसँग मिलेर गुणस्तरीय





