• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 25, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

हामीलाई लोकतन्त्र सिकाउनेहरु आफैं सिक्न चाहँदैनन्- भ्लादिमिर पुटिन


सुभाय् संवाददाता December 28, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

भ्लादिमिर भ्लादिमिरोभिच पुटिन (१९५२–) स्तालिन जीवित हुँदाकै बखत विघटित सोभियत संघको लेनिग्राद शहरमा जन्मेका, वर्तमान रुसका तेस्रोपटक राष्ट्रपति, सोभियत संघ कालमा स्थापित ख्यातीप्राप्त जासुस संस्था केजीबीका निर्देशक रहिसकेका जुडो खेलका ब्लाक बेल्ट राजनीतिज्ञ हुन् ।
२ पटक राष्ट्रपति भएपछि एकपटक उनी द्मित्री मेद्भेदेभलाई राष्ट्रपति बनाएर रुसको प्रधानमन्त्री पनि भए । सोभियत संघको विघटनपछि रसियाली महासंघमा पुनःस्थापित भएको मुलुकमा जब रोगी बोरिस येल्त्सीन १९९६ मा राष्ट्रपति भए, तब उनले रुसको बागडोर सम्हाल्न सक्ने धेरै व्यक्तिलाई सत्तामा आफ्नो उत्तराधिकारीको लागि छनौट गरे, जाँचे फालिदिए । आखिर ३१ डिसेम्बर १९९९ मा यिनलाई कार्यवाहक राष्ट्रपति बनाइदिएपछि यिनी रुसी सत्ताको शिखरमा स्थान बनाउन सफल रहिआएका छन् ।
यिनको पहिलो राष्ट्रपति कालमा रुसी अर्थतन्त्रको गति निकै आकाशियो । अर्थतन्त्रमा रुसी मुद्रा (रुबल) को क्रयशक्ति ७२ प्रतिशतसम्म बढ्यो । चेच्न्याका मुसलमान पृथकतावादी विद्रोहीहरूलाई यिनकै पालामा तह लगाए ।
तर उक्रेनको संकटमा मुछिएर नाकाबन्दी लगाएपछि अर्थतन्त्रमा बृद्धि ३.७ प्रतिशतमा खुम्चियो । अपारदर्शी शासन, विरोधी प्रति असहिष्णु ब्यवहार, भ्रष्टाचारलाई नियन्त्रण गर्ने कार्यमा कमजोर आदि यिनका शासकीय विसंगतिका विशेषता हुन् ।
२०७१ (२०१५) मा यिनी १० दिन बेपत्ता भए । देशविदेशमा राष्ट्रपति पुटिन बिमारी भएको वा अपदस्थ भएको वा मरेकोसम्म अडकल बाजी भए । तर १० दिनपछि चैत १२ गते सोमबार एकाएक प्रकट भए र भने, “हल्लाविनाको जीवन रुखो हुन्छ” । यस्ता छन् यिनी !
चोटिलो तर्कको भाषण गर्नु यिनको विशेषता हो । चेच्न्यायाली पृथकतावादी विद्रोही मुसलमानलाई दमन गर्दा यिनले अपनाएको निर्ममतालाई लिएर पश्चिमी मुलुकले मानव अधिकारको आवाज उठाउँदा उनले ओठे जवाफ दिएका थिए, “मेरा पश्चिमा मित्रहरू कान खोलेर सुन्नुहोला, किनकि यो कुरा म दोहो¥याएर भन्न चाहन्न । तपाईँहरू कसका लागि किन र कुन अवस्थामा मानव अधिकारको कुरा उठाउनु हुन्छ, त्यो मलाई मात्र होइन दुनियालाई नै थाहा होला । हाम्रो मुलुकभित्र मैले कुन बेला के गर्नुपर्छ त्यो मैले भन्दा तपाईँहरूले धेरै बुझेको हुन सक्दैन ।”
रसियामाथि लागेको नाकाबन्दी खुलाउन आवश्यक पहल र प्रयास गर्ने सल्लाहबारे उनको जवाफ थियो, “म र्‍याल सिँगान र आँसु देखाएर नाकाबन्दी खुलाउने दया माग्न चाहन्न । दयाले न्यायको स्थान पाउन सक्दैन ।”
“People are always teaching us democracy but the people who teach us democracy don’t want to learn it themselves.”  माथि उल्लेखित उनको वाणी जर्मनीको म्युनिखमा १० फेब्रुवरी २००७ का दिनको एक भाषणमा भनिएको हो ।  (साभार)

सम्बन्धित पोस्ट
  • “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”
  • अष्ट्रेलिया विद्यार्थी र ब्याकप्याकर भिसामा कडाइ गर्दै, नेपाली विद्यार्थीलाई परिवार लैजान रोक
  • वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन
  • मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑