Maharjan Ratna
संसद भंगपछि ओलीद्वारा मन्त्रिपरिषदको हेरफेर तथा विस्तार
Maharjan Ratna
काठमाडौँ, पुस १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्नुभएको छ भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो । थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, शहरी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, वन तथा वातावरणमा प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिलामा गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा जुलीकुमारी महतो, श्रम, रोजगार





